कमलबजार जेठ १० ।
नेकपा एमाले कमलबजार नगरपालिका वडा नं ४ चाल्साको वडा अधिवेशन जेठ १३ गते हुने भएको छ । आज बसेको वडा कमिटीको बैठकले सो निर्णय गरेको हो । वडा कमिटीका अध्यक्ष छत्र बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले पाटी सदस्यता नविकरण गर्ने लगायतका निर्णय गरेको छ । आजको बैठक संविधान सभाका सदस्य भरत बहादुर साउदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा कमलबजार नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मिन बहादुर साँउद लगायतको सहभागीता रहेको थियो । १३ गते हुने वडा अधिवेशनमा विविध सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरिने साँउदले जानकारी दिनुभयो । सुवेच्छुक सम्पुर्ण लाई अधिवेशनमा सहभागीता जनाई सफल पारिदिन हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय