अछाम, जेठ १० ।
पञ्चदेवल विनायक नगरपालिका , आस्था नेपाल वल्ड भिजन इन्टरनेशनल नेपाल र महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल नेपालको सहयोग तथा सहजीकरणमा नगर बाल सञ्जालको आयोजनामा पालिका स्तरीय बाल भेला सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम नगर बाल सञ्जाल अध्यक्ष श्री रिता ढकालको अध्यक्षतामा शुरू भएको कार्यक्रममा कार्यबाहक नगर प्रमुख कृपा बहादुर धामी प्रमुख अथिति रहनु भएको कार्यक्रम मा विशिष्ट अथिति नी प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापा ,स्वास्थ्य शाखा प्रतिनिधि लक्ष्मी कान्त बजगाईं महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हंस राज अधिकारी आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही लगायत सबै वडाका बाल बालिका हरुको प्रतिनिधित्व रहेको थियो ।
बाल बालिकाको समग्र विकासका लागि बाल बालिकाको वार्षिक उत्सवको रुपमा पालिका स्तरमा बाल बालिकाको प्रमुख समस्या पहिचान गरी योजना निर्माण गरी स्थानीय सरकारलाई आगामी वर्षको नीति तथा कार्यक्रममा उक्त योजना समावेश गराउने उद्देश्यका साथ पालिका स्तरमा बाल भेला सञ्चालन गरिएको थियो ।
बाल भेलाको महत्व ,बालबालिकामा लगानी किन गर्ने, बाल संरक्षण तथा बाल अधिकारको बारेमा जनकारी गराइएको थियो । बजेट निर्माणका सात वटा मुख्य चरणहरुको बारेमा सहजीकरण गरिएको थियो भने बाल भेलाको मुख्य चार वटा टुल्स प्रयोग गरिएको थियो । जसमा बाल बालिका लाई विभिन्न चार वटा समूह बनाई हिंसा शोषण दुव्याबहार का हिसाबले सुरक्षित स्थान र असुरक्षीत स्थान को चित्र द्वारा पहिचान गर्न लगाइएको थियो । मन पर्ने स्थान र मन नपर्ने स्थान को बारेमा चित्रण गरिएको थियो भने बाल बालिकालाई विभिन्न सरोकारवाला निकाय अभिभाबक स्थानीय सरकारले बाल बालिका लाई पहिले गरिने व्यवहार सोचाइ हेराइ जिम्मेवारी बाल बालिकाका समस्या , अवसर पहुंच पहिले कस्तो थियो अहिले कस्तो भइरहेको भन्ने बारे शरीर नक्साङ्कन गरी उनीहरुलाई स्मरण गराइएको थियो भने समग्र बाल बालिकालाई आगामी दस वर्षमा कमलबजार नगरपालिका गुणस्तरीय शिक्षाका हिसाबले होस स्वास्थ्य सर सफाई यातायात बिजुली पानी बाल मैत्री संरचना निर्माण मानवीय विकास बाल मैत्री व्यबहारका हिसाबले कस्तो भएको देख्न चाहान्छन् भन्ने हिसाबले परिकल्पना को कमलबजार नगरपालिका चित्रण गरेका थिए ।
अन्तमा यो पालिकामा बाल बालिकाका प्रमुख सवालहरु पहिचान गरिएको थियो भने जस् मध्य बाल बालिकाहरूले उक्त सवाल हरुलाई भोटिङ को आधारमा प्राथमिकीकरण गर्दा बाल विवाह पहिले न मा परेको छ भने क्रमसः मोबाइलको दुरुपयोग र लागू पदार्थ दुर्व्यसनी, छाउ पडी कु प्रथा मुख्य अहिलेको सवालको रुपमा रहेको छन् ।
बाल बालिकाका प्रमुख सवालहरु लाई न्यूनीकरण गरी समग्र बाल विकास बाल सम्बृद्धिमा सहयोग पुर्याउनका लागि बाल बालिकाले विभिन्न बाल बालिका अभिभाबक र सरोकारवाला संग बाल विवाह अन्त्य गर्ने ,लागू पदार्थ दुर्व्यसनी घटाउने , अन लाइन सुरक्षा लगायत का सवाल न्यूनीकरण गर्न अन्तर्क्रिया तहा क्षमता विकासका कार्यक्रम गर्ने ,बाल सञ्जाल लाई क्षमता विकास गर्ने ,अभिभाबक शिक्षा ,रुपान्तरण कक्षा , प्रहरी संग साझेदारी कार्यक्रम गर्ने विभिन्न जनचेतना मूलका कार्यक्रम पालिका सबै वडा र आबस्यकता को आधारमा उच्चतम विद्यालयमा सञ्चालन गर्ने योजना सहित रु १५ लाख १५ हजार लागत अनुमान बराबरको बजेट सहित को कार्यक्रम सहित बाल बालिकाले योजना तयार पारेका छन् ।
साथै नगर बाल सञ्जाल अध्यक्ष श्रृजना अधिकारी वरिष्ठ उपाध्यक्ष प्रतीक रावल उपाध्यक्ष जनक शाही सचिव संगिता तिमिल्सेना सहा सचिव दीपेन्द्र चलाउने कोषाध्यक्ष जिरा भण्डारी सहित २१ जनाको कमिटी रहने गरी नगर बाल सञ्जाल पुनर गठन गरिएको छ । उक्त बैठक बाट बाल भेला बाट बनेको योजना लाई स्थानीय सरकालाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्न माग पत्र पेश गर्ने कार्यक्रम रहेको छ ।
बाल सञ्जाल सदस्य श्रृजना अधिकारी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नी प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापाले बाल बालिका लाई केन्द्र मा राखेर आउने दिनमा बाल बालिकाको समग्र विकासको लागि योजना बन्न पर्ने र बाल बालिकाले अधिकार संगै आफ्नो कर्तव्यको पालना गरी अगाडि बढ्न सुझाव दिनु भएको थियो भने आस्था नेपाल ले बाल बालिका क्षेत्रमा राम्रो का गरिरहेको र आगामी दिनमा बाल बालिकाका योजना लाई समावेश गरी अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ ।
महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हंस राज अधिकारीले बाल बालिकाले आफ्नो हक अधिकार लाई सुनिश्चित गर्न का लागि स्वयंम बाल बालिका अग्रसार हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । सबै सरोकार वालाले बाल बालिकालाई साथ सहयोग गरेर उनीहरूको भबिस्य निर्धारणमा सहयोग गर्ने । कार्यबाहक नगर प्रमुख कृपा बहादुर धामी ले बाल बालिका लाई सबैले साथ सहयोग गर्नु पर्ने हरेक विकास निर्माणका काम लगायत बाल बालिकाको अर्थ पूर्ण सहभागिता गराउने र बाल बालिकालाई संगै संगै अगाडि लैजानका साथै उनीहरूका आबस्यकता लाई सम्बोधन गरी सरकार ले काम गर्नु पर्ने भन्दै आगामी नीति तथा कार्यक्रममा बाल बालिका कार्यक्रम लाई बिशेष प्राथमिकतामा राखेर कार्यक्रम बनाउने प्रतिवद्धता जनाउनु भएको थियो ।यसरी हिजो ९ गते देखि सञ्चालमा रहेको बाल भेला आज सम्पन्न गरिएको छ जसको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही लगायत कर्मचारी हेम बहादुर चन्द ,नम बहादुर विष्ट ,शुसिल बटाला महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हंस राज अधिकारीले गर्नु भएको कार्यक्रमको सञ्चालन बाल सञ्जाल सदस्य संगिता तिमिल्सेनाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय