मंगलसेन नगरपालिका उप प्रमुख तथा अनुगनम समितिका संयोजक संगीता रावल सोडारीले पालिकामा निर्माण भईरहेका योजनाहरुको अनुगमनलाइ तिब्रता दिनुभएको छ । चैत्र महिना महिना देखी अनुगमनको कार्यलाई अगाडि बढाउनु भएकी उप प्रमुख रावलले पालिकामा निर्माण हुने योजनालाई थप गुणस्तर र पारदर्शि बनाउन अनुगमनलाई तिब्रता दिनुभएको हो । विशेषगरि योजनाको निर्माण कार्य सम्पन्न भएपछी मात्रै अनुगमन गर्ने परिपाटीलाई बदल्दै उप प्रमुख रावलले निर्माणधिन अवस्थामा रहेका योजनाहरुको पनि पटक–पटक गएर अनुगमन गर्ने कामलाई निरन्तरता दिईरहनु भएको छ । सुरुको एक वर्ष आफुलाई अनुभव पनि नभएको र अधिकांश योजनाको निर्माण कार्य सम्पन्न भएपछी मात्रै अनुगमन गरेको बताउदै उप प्रमुख रावलले गत वर्ष देखी भने निर्माण कार्य सुरु भएदेखी अन्तिम सम्म प्राविधिक सहित विच विचमा गएर पनी योजनाहरुको अनुगमन गर्ने कार्यलाई निरन्तरता दिएको बताउनुभयो । रेडियो गाउँघर संग कुराकानी गर्दै उप प्रमुख रावलले भन्नुभयो आफ्नो मुख्य उदेश्य भनेको पालिकामा निर्माण हुने योजना दिगो बनाउनु हो, त्यसैले सरकारको जुनसुकै तहबाट बजेट आएपनी त्यसको काम प्रभावकारी छकी छैन भन्ने कुरालाई पहिलो प्राथमिता दिने गरेको बताउनुभयो । गुणस्तरका हकमा कुनैपनी किसिमको सम्झौता नहुने भन्दै उहाले कामको मुल्याङकनका आधारमा मात्रै भुक्तानीका लागि सिफारिस गर्ने गरेको जानकारी दिनुभएको छ । मंगलसेन नगरपालिकामा गत आर्थिक वर्ष बाट निर्माण कार्य सुरु भएका अधिकांश योजनाहरुको निर्माण कार्य सम्पन्न भईसकेकाले भुक्तानीका लागि प्रकृया सुरुभईसकेको उहाको भनाई छ । यस्तै सोमबार वडा न १० को जुपुमा निर्माण गरिएको जुपुखौलाको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा नगरपालिकाको लागानीमा निर्माण गरिएको जुपुखौलाले धेरै कुरामा राम्रो भएको पाईएको छ । यस क्षेत्रकै ऐतिहासिक क्षेत्रमा निर्माण गरिएको जुपुखौलाले थप सौन्दर्यता बढाएको भन्दै त्यस क्षेत्रका स्थानीय खुसी भएका छन । अहिले पनि बजेटको अभावले केही कामहरु अधुरो रहेकाले बाकी कामलाई पुर्तिगर्न आवश्यक बजेटको व्यवस्थापन गरिदिन स्थानीयले माग गरेका थिए । यस्तै उप प्रमुख रावलको नेतृत्वमा गएको अनुगमन टोलीले वडा न ११ मा रहेको कालिका माध्यामिक विद्यालयको भौतिक संरचनाको अवस्थाका बारेमा अनुगमन सहित विद्यालय प्रशासनलाई आवश्यक सुझाव समेत दिएको छ । विद्यालयमा अहिले पनि आवश्यक खेल मैदानको अभावले अतिरिक्त गतिविधि गर्न कठिनाई भएको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर शाहले अनुगमन टोली समक्ष जानकारी गराउनुभएको थियो । यसैगरि वडा न १० मा व्यवसायीक रुपमा कृषि कर्म गरिरहनु भएका युवा व्यवसायी लाल बहादुर बोहराले संचालन गरिरहनु भएको मालिका कृषि तथा पशुपंक्षी फमको समेत अनुगमन टोलीले अनुगमन गरेको छ । उप प्रमुख रावलले केही दिन अघि मात्रै मंगलसेन ३ का युवा सुरेन्द्र बहादुर बोगटीले संचालन गर्नुभएको कृषि फमको पनि अनुगमन गरिसक्नु भएको छ । अनुगमन टोलीमा वडा न १० का अध्यक्ष जनक बहादुर कुवँर, वडा न ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ईन्जिनियर खम्म केसी, प्राविधिक नारायण जोशी, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय