कमलबजार जेठ १३ ।
नेकपा एमाले कमलबजार नगरपालिका वडा नं ४ चाल्साको वडा भेला बाट नेकपा एमालको १३ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ । नयाँ बनेको कमिटीमा पदम बहादुर साउद अध्यक्ष रहेका छन । उपाध्यक्षमा नवराज विक, सचिवमा मोहन थापा , उपसचिव चन्द्र थापा, रुपादेवि साउद चयन भएका छन । यस्तै सदस्यमा पदम बहादुर साउद, विमल साउद, मेहर सिंह थापा धनादेवी थापा, नरपती ढोली, धन दमाई, कर्ण बहादुर साउद चयन भएका छन । वडा कमिटीका अध्यक्ष छत्र बहादुर साउदको अध्यक्षतामा बसेको भेलाले नयाँ नेतृत्व चयन गर्दै पाटी सदस्यता नविकरण गर्ने लगायतका निर्णय गरेको छ । साउद जिल्ला कमिटीमा निवार्चीत भए संगै वडाको भेला संगैं पदाधिकारीमा हेरफेर गरिएको हो । भेला संविधान सभाका सदस्य भरत बहादुर साउदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमा बिशिष्ट अतिथी नन्द सिंह चलाउने रहनु भएको थियो । यस्तै अतिथीमा जिल्ला कमिटी सदस्य खेम राज जैसी, नगर अध्यक्ष कम्मान सिंह चलाउने पुर्व जिल्ला कमिटी सदस्य विर बहादुर खड्का लगायत रहनु भएको थियो । बैठकमा कमलबजार नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मिन बहादुर साँउद लगायत पार्टी बाट निर्वाचित जनप्रतिनिधीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय