अछाम जेठ १८ ।
अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ३ जयगढ बजार स्थित श्री सरस्वती माध्यमिक बिद्यालयमा आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछाम र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाइ जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण सम्बन्धि परिचय, आत्महत्या गर्ने मानिसहरुको विचार, आत्महत्या गर्न सक्ने खतरालाई चिन्ने तरिका, आत्महत्याको जोखिम सिर्जना गर्ने तत्वहरु, आत्महत्याका संकेतहरु, आत्महत्या सम्बन्धि तथ्यांक विवरण, आत्महत्याबाट समाजमा पर्न जाने असर, न्यूनिकरणका उपायहरु, आत्महत्या न्यूनिकरणको लागि नेपाल प्रहरीले गर्दै आएको प्रयाशहरू, छाउपडी प्रथा न्युनिकरणका उपायहरु र कानुनी व्यवस्था साथै लागू औषधको परिचय, यसका प्रकारहरु, नेपालमा लागू औषध प्रयोगकर्ताको अवस्था, अछाम जिल्लामा पाईने लागू औषधहरू, औषध प्रयोग गर्न शुरु गर्नुका कारण, लागू औषध मुद्दा दर्ताको तथ्यांक, दुर्व्यसनीमा देखिने लक्षणहरु, यसका असरहरु, लागू औषध सेवनबाट बच्ने र बचाउने उपायह‌रू, लागू औषध सम्बन्धी दण्ड सजाय सम्बन्धी व्यवस्था तथा लागू औषध दुर्व्यसन लगायतका अपराध नियन्त्रण गर्न गरिएका प्रयाशहरुका सम्बन्धमा श्रव्यदृष्य सामग्रीहरूको साथमा प्रस्तुतीकरण गर्नु भएको थियोे । उक्त कार्यक्रममा सो विद्यालयमा अध्यनरत कक्षा १० का ५१ (एकाउन्न) जना विद्यार्थीहरुको सहभागिता रहेको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय