२०८२ जेष्ठ २३,
नेपालको पहिलो स्माट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धककाे ब्यवस्थापकिय क्षमता अभिवृद्धि तालिम सुरु गरेकाे छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेकाे काेहलपुरमा आज एक कार्यक्रमका बिच शाखा प्रबन्धककाे ब्यवस्थापकिय क्षमता अभिवृद्धि तालिम सुरु गरेकाे हाे ।
कार्यक्रमकाे उद्घाटन युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा गाेपाल दहितले गरेका हुन ।
कार्यक्रममा बाेल्दै डा दहितले बर्तमान अवस्थामा देखा परेका समस्या तथा सम्भावनालाई मध्येनजर गर्दै तालिमकाे आयाेजना गरिएको बताए ।
उनले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड दिने महत्त्वपूर्ण तालिमहरु मध्ये शाखा प्रबन्धककाे ब्यवस्थापकिय क्षमता अभिवृद्धि तालिम पनि एक महत्त्वपूर्ण तालिम भएको भन्दै यसले कार्य सम्पादनमा थप मदत हुने बताए ।
२ दिन सम्म सञ्चालन हुने तालिमकाे मुख्य प्रशिक्षक लामाे समय देखि ग्रामीण लघुबित्त माेडेलकाे अनुभव भएका लघुबित्त बिज्ञ डा बासु देव लामिछाने रहेका छन् ।
उनले बिशेष गरि तालिम अवधीमा लघुबित्तका वर्तमान चुनाैतिहरु , नियमक निकायका नितिनियम , लघुबित्तका सिद्धान्तहरु, कर्जा ब्यवस्थापन अवधारणा महत्व र आधारभुत तत्वहरु, लगायत बिबिध बिषयवस्तु माथि छलफल तथा सेसन रहने बताए ।
कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब कार्यकारी अधिकृत राजकुमार पाेख्रेल त्यसैगरी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका मानव जनशक्ति ब्यवस्थापन तथा तालिम सेक्सन प्रमुख मान बहादुर थारु, संस्थाका लघुबित्त सेक्सन प्रमुख मदन चाैधरी , आईटी रमेश चाैधरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका मानव जनशक्ति ब्यवस्थापन तथा तालिम सेक्सन सहायक आशा चाैधरी लगायत २५ वटा शाखाका शाखा प्रबन्धकहरुकाे सहभागिता रहेकाे छ ।
उक्त कार्यक्रमकाे स्वागत मन्तब्य युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब कार्यकारी अधिकृत राजकुमार पाेख्रेलले गरेका थिए भने सञ्चालन युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका मानव जनशक्ति ब्यवस्थापन तथा तालिम सेक्सन प्रमुख मान बहादुर थारुले गरेका हुन ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ८२ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ