गणेश नेपाली / हिक्मत बहादुर नेपाली
अछाम जेठ २६ ।
कमलबजार नगरपालिकाको वडा नं २ बजुडा आज एक बृहत कार्यक्रमका साथ सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गरिएको छ । यश अघि सो वडा लाई सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गर्न पटकपटक मिति तय भए पनि हुन सकेको थिएन । स्थानीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा वडा नं २ का वडा अध्यक्ष दिर्घा टमट्टाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका सदस्य भरत साउद रहनु भएको थियोे । वडाले सफा तथा स्वच्छ क्षेत्र वडा घोषणाका लागी पुरा गर्नुपर्ने ६ सुचकहरु पुरा गरेको छ । सुचकहरुमा सुरक्षित चर्पीको प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षीत पानी को प्रयोग तथा भण्डारण, सुरक्षीत खाना को प्रयोग तथा भण्डारण, घरायसी सरसफाइ, वातावरणिय सरसफाइ पर्दछन ।
यी सुचकहरु पूरा गरेको प्राप्त प्रमाणपत्र कार्यक्रममा विशिष्ट अतिथि कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरले वाचन गरेर सुनाउनु भएको थियो ।
कमलबजार नगरपालिका, कमलबजार नगरपालिका वडा नं २ बजुडा तथा हेल्भेटास नेपालको आर्थिक सहयोग र ग्रामीण विकास केन्द्र रुडेक नेपालको सामाजिक तथा प्राविधिक सहजिकरणमा साथ सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा भएको हो । उक्त कार्यक्रम लाई सफल बनाउनका लागी विभिन्न सरोकारवाला निकायका साथै पालिका तथा विभिन्न वडा वर्तमान र निवर्तमान जनप्रतिनिधिको विशेष उपस्थिति थियोे । यस्तै कमलबजार नगरपालिका वडा नं २ बजुडा वासी जन प्रतिनिधि राजनितिक दल समाजसेवि शिक्षक वुद्धिजिबि विद्यार्थी तथा आम नागरिकको उपस्थितीका रहेको थियोे । शिशुसुधार मा.वि.कमलबजार नगर पालिका २ बजुडा अछामकाे प्राङ्गणमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द बिष्टले गर्नु भएको थियोे । स्थानीय बाजागाजा र्यालि सहित भएको कार्यक्रममा सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा गर्न सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्ति लाई सम्मान पत्र समेत वितरण गरिएको स्थानीय वडा स्तरिय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति कमलबजार नगर पालिका वडा नं २ बजुडाले जनाएको छ ।
ADVERTISEMENT