हिक्मत बहादुर नेपाली
अछाम असार ०५ ।
श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा आज सम्पन्न भएको छ । नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कमलबजार नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । साथै युवा रोजगारीका लागी रुपान्तरण पहल आयोजनामा कार्यस्थलमा आधारित सिप विकास तथा जीवन उवयोगी सिप विकास तालिम अन्र्तगत डकर्मा र ईलेक्ट्रोनिक्स तालिम पनी आजै समापन भएको छ । सोही अवसरमा तालिममा सहभागी भएका विभिन्न व्यक्तिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । दुवै कार्यक्रम कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएका हुन । कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर पालिकाका विभिन्न वडाका वडा अध्यक्ष कमलबजार नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाही लगायत विभिन्न बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधीका साथै विभिन्न सरोकारवाला व्यक्तिको उपस्थिती भएको थियो । कार्यक्रमको सञ्चालन रोजगार सहायक अर्जुन रावतले गर्नु भएको थियो । @highlight KBM Khabar Hikmat Nepali रेडियो केबिएम एफ.एम अछाम @
ADVERTISEMENT




