हिक्मत बहादुर नेपाली
अछाम असार ०७ ।
श्री शक्ति आधारभूत विद्यालय कमलबजारको ३२ अौ अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर बिष्टको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहनु भएको थियोे ।
भेलामा विद्यालयका प्रधानाध्यापक कमल प्रसाद भण्डारीले बिद्यालयको आव ८०/८१ को आयव्यय प्रस्तुत गर्नुभएको थियोे । विद्यालयको आम्दानी तर्फ ५७ लाख ५१ हजार ६ सय ६७ र खर्च तर्फ ४९ लाख ८१ हजार १ सय २७ र बचत तर्फ ७ लाख ७० हजार ५ सय ४० बैंक मौज्दात रहेको आयव्यय प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि अभिभावक शिक्षक विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विद्यालय पालिकाको केन्द्रमा रहेकोले बिद्यालयको भौतिक विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि सबै लाग्नुपर्ने मा जोड दिएका थिए । भेलाले जग्गा दाता बाट ६ महिनाको समय सिमा भित्र विद्यालयको नाममा लालपुर्जा कायम गर्ने गरि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । जसमा सहजता होस भनी जग्गा दाता समेत रहेका प्रेम बहादुर भण्डारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आजै अभिभावक प्रेम बहादुर बिष्टको अध्यक्षतामा ७ सदस्यीयनै शिक्षक अभिभावक संगठन गठन गरिएको छ ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनुकुल ढकालले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय