अछाम असार ०७ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकामा योजना अनुगमन गरिएको छ । पोखरा खाल गैरिटाड चाँदनीफाट हुँदै पाँचुली पदमार्ग अन्तर्गत आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेश सरकार बाट विनियोजित ८ लाख बजेट बाट सो काम सञ्चालन भईरहेको छ । पदमार्ग अनुगमनका क्रममा नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक शारदा बिष्ट कुँवर , समितका सदस्य तथा ७ नं वडाका अध्यक्ष नृप बहादुर बोहरा , वडा नं ५ का अध्यक्ष सत्य राज तिमिल्सैना, भौतिक पुर्वाधार शाखा प्रमुख सिभिल सव ईन्जिनियर अम्बेश्वरी कुँवर, योजना शाखाका विरेन्द्र तिमिल्सैना लगायतको सहभागीता रहेको थियोे । अनुगमनका क्रममा धेरै ठाँउमा प्राविधिक स्टमेट अनुसार काम भएता पनि पैदलमार्ग अन्तर्गत सुधार गर्नुपर्ने प्राविधिकको सुझाव छ । उपभोक्ता समितिले कमजोरी भएको ठाँउमा सुधार गर्ने प्रतिबद्धता गरेको छ । आजै वडा बाट सञ्चालित सडक स्तरोन्नति ग्राभेल तथा नाला निर्माण योजनाको समेत अनुगमन गरिएको थियोे ।

ADVERTISEMENT




