रमिता विक

कमलबजार असार १४ ।

नगरस्तरीय महिला सञ्जालका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। कमलबजार नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

स्थानीय तहमा महिलाहरूको नेतृत्व सशक्तिकरण तथा दिगो विकासका योगदान पुर्‍याउने उद्देश्यले आज एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो। नगरस्तरीय महिला सञ्जालका पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा नगरस्तरीय महिला सञ्जालका एक दर्जन महिलाहरू सहभागी भएका थिए।

अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख शारदाकुमारी बिष्टले महिला सञ्जाल स्थानीय तहको विकासको मेरुदण्ड हो भन्दै सञ्चाललाई थप सक्रिय समावेशी र प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो।

नगरस्तरीय महिला सञ्जालका अध्यक्ष ममता भण्डारीले सहभागीहरूले अभिमुखीकरण मार्फत आफ्नो जिम्मेवारीप्रति थप स्पष्टता देखाउनुपर्ने र भविष्यमा काम गर्न सहज धारणा राख्नुपर्नेमा जोड दिनुभएको थियो।

नगर उपप्रमुख शारदा कुमारी बिष्टको अध्यक्षतामा भएको एकदिने अभिमुखीकरण कार्यक्रमको सञ्चालन सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक कल्पना देवकोटाले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय