
कमलबजार नगरपालिका कृषि विकास शाखाको आयोजनामा राष्ट्रिय धान दिवस मनाईएको छ । कमलबजार नगरपालिका वडा नं १ मुलीको कृषक दल बहादुर बिष्टको खेतमा पालिकाको टिम दिवस मनाउन पुगेको थियो । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। आज देशभर विभिन्न तह र तप्काले विभिन्न तरिकाले दिवस मनाएका छन ।
तस्विर : हिक्मत बहादुर नेपाली