हिक्मत बहादुर नेपाली
अछाम असार १७ ।
कमलबजार बहुमुखी क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थी लाई छात्रवृति दिने उदेश्यले सर्जन धनसोभा अक्षयकोषको स्थापना गरिएको छ । कमलबजार नगरपालिका वडा नं ८ डुंगाला निवासी कम्मान सिंह चलाउनेले आफ्ना बाजेबज्यैको सम्झनामा अक्षयकोषको स्थापनाका लागी आज ५१ हजार १ सय ५१ रकमको चेक क्याम्पस लाई हस्तान्तरण गर्नु भयो । स्वर्गीय बज्यै धनसोभा चलाउनेको ११ पुन्य तिथीको अवसर पारी कोष स्थापनाको लागी आज निमित्त क्याम्पस प्रमुख लोक बहादुर बिष्टलाई चेक हस्तान्तरण गरिएको नाती कम्मान सिंह चलाउनेले बताउनु भयो ।
हस्तान्तरणका क्रममा स्वर्गीय सर्जन चलाउने र धनसोभा चलाउनेका छोरा ललि चलाउनेले आफ्ना बुवाआमाको स्मृतिमा समाजमा केहि सकारात्मक सन्देश प्रवाह होस भनि अक्षय कोषको स्थापना गर्न लागिएको बताउनु भयो ।
क्याम्पसको तर्फबाट प्रमुख बिष्टले बोल्दै विपन्न तथा टुहुरा विद्यार्थीको उच्च शिक्षा आर्जन गर्न सहयोग पुगोस भन्ने उदेश्यल अक्षयकोष स्थापना गर्न ककमलबजार नगरपालिकाको अग्रणी संस्था कमलबजार बहुमुखी क्याम्पस लाई छनोट गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । साथै कोषको सञ्चालनमा पारदर्शीता रहने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय