
२०८२ असार १९,
नेपालको पहिलो स्मार्ट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाले एक कार्यक्रमको आयोजना गरि समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत किरीया खर्च प्रदान गरेको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं ०३ नङगापुर बस्ने मिना थारुलाई किरिया खर्च प्रदान गरेको हो । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितका अनुसार सदस्यले ऋण लिए बाफत श्रीमानको रु १०० को एक वर्षको बिमा गर्दा मात्रै पनि कुनै घट्ना भईहाले युनिकले रु ३० हजार सम्मको किरिया खर्च सुबिधा दिने र सदस्य कालगतिका कारण निधन भएको हकमा १३५ प्रतिशत सुबिधा प्रदान गर्ने गरेको बताए । तर हाल आएर २०८२ बैसाख १४ गते पछिको बिमा सुबिधा परिवर्तन भई सदस्यको अथवा श्रीमान संगै ग्यारेन्टरको मृत्युमा समेत ऋण मिनाह हुने गरेको बताए । एक कार्यक्रमको आयोजना गदै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शाखा कार्यालय राजापुर बर्दियाले उनकै घरमा गई किरिया खर्च तथा बिमा बाफतको रकम रु ६० हजार ७६ रुपैया प्रदान गरेको हो । उक्त कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाका शाखा प्रबन्धक निर्मल रैकाले समाजसेवी श्रवण कुमार थारुको निधनमा दुख ब्यक्त गरे । मिना कुमारी थारुको श्रीमान श्रवण कुमार थारुको ३७ वर्षको ंउमेरमा भारतमा काम गर्ने क्रममा सिढीबाट खस्दा उपचारको क्रममा निधन भएको थियो । उनका १ छोरी रहेकी छन् । उक्त कार्यक्रममा समाजसेवी तथा भलमन्सा जीउधन थारु, स्वास्थ्य स्वयमसेबिका पार्वती उपाध्याय लगायतको सहभागिता रहेको थियो । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिबहिनीहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.संग करिब ८८ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।