रमिता बि क,

असार २०: कमलबजार खानेपानी योजनाको डिपबोरिङको अनुगमन गरिएको छ। कमलबजार नगरपालिकाबाट कमलबजार खानेपानी योजनाको डिप बोरिङका लागि १८ लाख बजेट विनियोजन गरिएको थियो। शुक्रबार कमलबजार नगरपालिकाका नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शारदा कुमारी बिष्ट निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही , योजना तथा प्रशासन शाखा प्रमुख खड्ग बहादुर बिष्ट, अनुगमन समितिका सदस्य नृप बहादुर बोहरा , कमलबजार खानेपानी व्यवस्थापन समाजका अध्यक्ष प्रेम ढकाल पूर्वधार विकास शाखा प्रमुख सिभिल सव इन्जिनियर अम्बेश्वरी कुँवर योजना योजना शाखाका वीरेन्द्र तिमिल्सैना सञ्चारकर्मी लगायतको टोलीले कमलबजार खानेपानी योजना डिपोरिङका कमलबजारदेखि बतासेसम्मका खानेपानी नाली हरूको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नगर उपप्रमुख बिष्टले भन्नुभयो जनताले सेवा पाउनुपर्छ भन्ने उद्देश्य सहित हामी योजनाहरू अनुगमन गर्छौं कमजोरी भेटिएमा आवश्यक सुधारमा कदम चालिनेछ। यस्तै अनुगमन टोलीले प्रत्यक्षरूपमा योजनाको भौतिक प्रगति हेरेर आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव पनि दिएको छ। स्थानीयवासीले अनुगमन टोलीको सक्रियताले योजना पारदर्शी हुने विश्वास व्यक्त गरेका छन्।

कमलबजार खानेपानी सरसफाई व्यवस्थापन समितिका अध्यक्ष प्रेम ढकालले भने खानेपानी योजनाका लागि १८ लाख बजेट छुट्याइएको छ तर खानेपानी निर्माण योजनामा २० लाख जति रकम खर्च भइसकेको सोही रकमले खानेपानी व्यवस्थापनमा समस्या हुने बताएका छन्

साथ यसैबीच नगरपालिकाको आठ लाख बजेटमा बन्न लागेको कमलबजार दलित एकता समाजको भवनको पनि स्थलगत अनुगमन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय