हिक्मत बहादुर नेपाली
अछाम असार ३० ।
कमलबजार नगरपालिकाको प्रशासकीय भवन सारिएको छ । भवन सारिए संगैं यस अघि लामो समय देखी विभिन्न भाडाका घरमा संचालन भएको पालिकाको सेवा अव एकिकृत रुपमा सारिएको आफ्नै भवन बाट सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले जानकारी दिनु भयो । प्रारम्भमा आज विधिवत रुपमा पुजा गरिदैं नगर प्रमुख यज्ञ प्रसाद ढकाल र उपप्रमुख शारदा कुमारी बिष्ट ( कुँवर )को कार्यकक्ष सारिएको छ । क्रमश भोली र पर्सि सबै कार्यलय सारिने बताईएको छ । श्रावण १ गते नयाँ आर्थिक बर्ष देखी पालिकाको आफ्नै भवन बाट सबै सेवा प्रदान हुने छन । यस अघि कार्यपालिकाको निर्णय लाई कार्यान्वयन गर्ने क्रममा असार २५ गते भाडाका घरमा घर धनी संग सम्झौता नविकरण नगरिने सूचना प्रकाशित गरेको थियो । पालिकाको बर्षेनि २५ लाख भन्दा बढी रकम घर भाडामा खर्च भैरहेका सन्दर्भमा प्रशासकीय भवन सारिए संगैं सो रकम बचत हुनेछ । यो निर्णर्य लाई कमलबजार नगरपालिकाका आम नगरवासीले स्वागत संगै सर्मथन गरेका छन ।
सारिएको भवनमा यस अघि प्राथामिक स्वास्थ्य केन्द्र कमलबजारले सेवा प्रदान गरिरहेको थियो । केन्द्र कमलबजार अस्पतालको आवासिय भवनमा सारिने निर्णय समेत गरिएको छ । निमार्णाधिन १५ सैयाको अस्पताल भने अलपत्र अवस्थामा छ । पालिकाको नयाँ प्रशासकीय भवन बन्ने टुंगो समेत लागिसकेको छैन । यस अघि तत्कालिन समयमा कमलबजार नगरपालिका वडा नं २ स्थित गोपाल टमट्टा ले दान गरेको जग्गामा छोटो अवधिमा निमार्ण भएको अस्थाई प्रकृतिको (टस्ट)जस्तापाता प्रयोग गरि बनाईएको भवनमा कार्यालय सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय