हिक्मत बहादुर नेपाली
कमलबजार, श्रावण ११ ।
सुधारिएको आधुनिक चुलो सम्बन्धि अभिमुखीकरण तथा प्रदर्शन कार्यक्रम आज कुईकामा सम्पन्न भएको छ । आईकेआई साना अनुदान कार्यक्रम रुडेक नेपाल द्वारा संचालित महिला सहकारी मार्फत सफा खाना पकाउने चुलो प्रबर्द्धन परियोजना र कमलबजार नगरपालिकाको सझेदारीमा सुधारिएको आधुनिक चुलो सम्बन्धि अभिमुखीकरण तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाको वडा न ५ कुइकामा जनप्रतिनिधि, सहकारीका सदस्य र विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा सुधारिएको चुलाे ले मानव स्वास्थ्यमा पुर्याउने फाईदा र त्यसको प्रयोगको तरिका सम्बन्धि छलफल तथा प्रर्दशनी भएको थियोे ।





