हिक्मत बहादुर नेपाली
अछाम श्रावण १५ ।
मेल्लेख गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा संगिता ताम्राकार लाई खटाईएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार अधिकृत सातौं ताम्राकार लाई आर्थीक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको होे ।
सार्वजनिक प्रशासनमा सुशासन कायम गर्नका लागी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार अर्को व्यवस्था नभए सम्मका लागी पालिकामा कार्यरत बरिष्ठतम कर्मचारी संगीता ताम्राकार लाई कामकाजका लागी श्रावण १४ गतेको निर्णय अनुसार मेल्लेख गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाईएको हो । अछामका दश स्थानीय तह मध्ये ताम्राकार पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय