अछाम श्रावण १५ ।
नेकपा एकीकृत समाजवादीले पार्टीको कार्यक्रम विद्यालयको हलमा गरेको भन्दै आलोचना सुरुभएको छ । बुधबार नेकपा एकीकृत समाजवादी ढकारी गाउँपालिका कमिटी अन्तरर्गत वडा न ४ ले बलातामा आयोजना गरेको पार्टीको वडा स्तरिय भेला सोही वडामा रहेको मनकामना माध्यामिक विद्यालयको हलमा गरेको भन्दै उक्त कार्यको विरोध भएको हो । विद्यालयजस्तो क्षेत्रमा पार्टीको भेला गर्नु राम्रो नभएको भन्दै यस्ता गलत कार्य गर्ने नेता र विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई कार्बाही गर्नुपर्ने स्थानीय रमेश थापाले बताउनुभयो ।
राजनितिक दलहरुका कार्यक्रम गर्ने स्थलहरु अन्य ठाउमा हुदा हुदैपनी जानीजानी विद्यालयमा गरेको स्थानीयले आरोप लगाएका छन । सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव समेत रहनुभएका नवराज साउदको दाबाबमा विद्यालयमा कार्यक्रम गरिएको स्थानीय अभिभावकको भनाई छ ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रिय कमीटी सदस्य तथा अछाम जिल्ला ईन्चार्ज कुल बहादुर कुवँर प्रमुख वक्ताको रुपमा सहभागि हुनुहुन्थ्यो भने सचिव साउद विशिष्ट अतिथि रहनुभएको थियो । विद्यालयमा राजनितिक पार्टीका गतिविधि नगर्ने भनी प्रतिबद्धता गर्ने नेताहरु बाटै उलंघन भएको स्थानीय सरोकारवालाको भनाई छ ।





