कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका रमेश बिष्टको अति मार्मिक गजल प्रस्तुत छ ।
सत्तामा पुगेपछि निर्दाेष रुवाउने अधिकार हुन्छ
जसले साथ सहयाेग दियाे उसैलाई प्रहार हुन्छ
याे स्वार्थि दुनियाँ यहाँ कसलाई विश्वास गर्ने हजुर
जसकाे विश्वास धेरै रहन्छ उहीँ बढि गद्दार हुन्छ
अरु देशमा विकास भएको हुन्छ उन्नति भएको छ
मेराे देशमा हिजाे देखि अहिले केवल भष्टाचार हुन्छ
कहिले आकास उडाे लाग्छ कहिले धर्ति बाट गायव
किन हाेला याे आफ्नै मन पनि आफैलाई दाेधार हुन्छ
कसैलाई पनि धेरै विश्वास नगर्नु पलभरैमा बदलिन्छन
हिजाे आफ्नाे हाे जस्तो लाग्थ्याे आज किनार हुन्छ




