हिक्मत बहादुर नेपाली
अछाम श्रावण २५ ।
कमलबजार नगरपालिका वडा नं ९ मष्टाबण्डालीले जनचाहना अनुरुप प्रसंशा योग्य कार्य गरेको छ । आज एकै दिनमा ५२ जनालाई नागरिकताको प्रतिलिपी लिनका लागि गरेको पहल कदमीले यतिबेला वडा सरकारको जताततै प्रशंसा भईरहेकाे छ । वि.स. २०५८ फागुन ४ गतेभन्दा अगाडि जारी भएका नागरिकताको विवरण जिल्ला प्रशासन संग नभएपछि सो मितिमा जारी गरिएका नागरिकताको प्रतिलिपी लिनुपर्ने जिल्ला प्रशासनले भनेको थियो ।
सोही अनुसार वडाले उक्त नागरिकताको विवरण संकलन गरि प्रतिलिपी बनाएको हो । आज वडाको पहलमा ५२ जना जेष्ठ नागरिक लाई जिल्ला प्रशासन कार्यालय मंगलसेन लगि नागरिकता बनाइएको वडा अध्यक्ष कमल प्रसाद बजगाइले बताउनु भएको छ।वडाले भुक्तानी गर्ने गरि २ वटा हायस र एउटा बोलेरो रिजर्भ गरि जेष्ठ नागरिकलाई मंगलसेन लगिएको थियो ।
जेष्ठ नागरिक लाई प्रतिलिपी लिन मंगलसेन पुग्न समस्या हुने भएपछि जनप्रतिनिधि र कर्मचारीको पहलमा वडाले नै सहजीकरण गरि नागरिकता बनाएर घर पुगाइएको अध्यक्ष बजगाईले जानकारी दिनुभएको छ ।
वडाले आफुहरुको समस्या लाई मध्यनजर गरि सहज रुपमा काम सम्पन्न गरिदिएपछि जेष्ठ नागरिक हर्सित भएका छन । साँच्चिकै आफुहरुले सरकार भएको महसुस गरेका जेष्ठ नागरिकको प्रतिक्रिया छ ।
वडा अध्यक्षले जानकारी दिए अनुसार प्रतिलिपी लिएका ५२ जनालाई भोलि नै कमलबजार स्थित राष्ट्रिय परिचयपत्र विवरण दर्ता /वितरण अस्थायी स्टेसन बाट राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराईने छ ।
वडा अध्यक्ष बजगाइले केही दिन अघि कैलाली र बर्दियामा पुगेर आफ्ना जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने कार्य समेत गर्नुुभएको थियोे ।




