मंगलसेन नगरपालिका वडा न १ को जैधनमा निर्माण गरिएको दुदुली जैधन खानेपानी सरसफाई समितिले खानेपानीको दिगोपनाका लागि आर्थिक संकलन गर्ने अभियानलाई तिब्रता दिएको छ । सोलार लिप्ट बाट संचालन भएको खानेपानी मर्मत सम्भार गर्न कोष स्थापना गर्ने उदेश्यका साथ समितिले आर्थिक संकलन गर्ने अभियानलाई तिब्रता दिएको हो । जैधन टोलको वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको तर खानेपानी विग्रे भत्केको खण्डमा तत्काल मर्मत सम्भार गर्न सहज होस भन्ने उदेश्यका साथ कोष स्थापनाका लागि रकम संकलन गर्न थालिएको दुदुली जैधन खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ईन्द्र बहादुर जैगडीले बताउनुभयो  । अध्यक्ष जैगडीले सोलर लिप्ट बाट पानी खोलाबाट माथि डाडोमा तानीएको हुदा प्रविधिको कुरा कुन बेला के समस्या आउछ थाह हुदैन, मर्मतका लागि समिति संग स्रोत नभएको हुदा यसका लागि मर्मत सम्भार कोष नै स्थापान गरेर अभियान संचालन गरेको बताउनुभयो । हाम्रो उदेश्य भनेको खानेपानी दिगोरुपमा संचालन गर्नु हो, त्यसैले यो कोषलाई बलियो बनाएर लैजाने तयारीमा आफुहरु लागेको अध्यक्ष जैगडीको भनाई छ । रकम संकलनका लागि अध्यक्ष जैगडी सहित सचिव जगत बहादुर जैगडी र निवर्तमान सचिव टेकेन्द्र बहादुर जैगडी यतिखेर भारतमा हुनुहुन्छ । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका गाउँका दाजुभाईहरुलाई भेटेर धमाधम रकम संकलन गर्ने काम भईरहेको समितिका सचिव जगत बहादुर जैगडीले जानकारी दिनुभएको छ ।

भारतको पुना आसपासमा रहेका दाजुभाईहरुले खुला हृदयका साथ खानेपानीको दिगोपनाका लागि रकम सहयोग गरेको उहाको भनाई छ । गाउँका युवाहरुले संचालन गरेको यो अभियानको प्रशंसा गर्दै उनीहरुले यसका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाउने गरेका छन । कुनैपनी योजना निर्माण भएपछी त्यसलाई दिगो रुपमा संचालन गर्नु सम्बन्धित क्षेत्रका उपभोक्ताहरुको प्रमुख दायित्व हुने भन्दै उनीहरुले यस्ता अभियानमा साथ सहयोग गर्न अन्य दाजुभाईहरुलाई समेत अनुरोध गरेका छन ।

जैधन बाहेक अन्य टोल र वडाका दाजुभाईहरुले पनि सहयोग गरिरहेका पाईएको छ । भारत बाट रकम संकलन भएपछी समितिले गाउँमा एक बृहत भेलाको आयोजनागरि संकलन भएको रकमको सार्वजनिक सुजनुवाइ समेत गर्ने समितिका पुर्व सचिव टेकेन्द्र बहादुर जैगडीले बताउनुभयो । उहाले भन्नुभयो, हाम्रा दाजुभाईहरुले भारतमा खुन पसिना बगाएर दिएको रकमको सही सदुपयोग गर्नु हाम्रो दायीत्व हो, त्यसैले यो अभियान संचालन गरेको बेला के कती पैसा संकलन भयोे गाउँका सबै सरोकारवालाको उपस्थितिमा सार्वजनिक गरिने प्रतिबद्धता समेत जनाउनुभएको छ । दाजुभाईहरुले दिएको एक रुपैयापनि हिनामिना हुन नदिने भन्दै संकलित रकम कोषमा जम्मागरि घुम्ती कोषका रुपमा परिचालित गर्ने योजना समेत रहेको उहाको भनाई छ ।

एक वर्ष अगाडी मंगलसेन नगरपालिका, हेल्भेटास नेपालको आर्थिक सहयोग र रुडेक नेपालको प्राविधिक सहयोगमा जैधनमा बृहत खानेपानी योजना निर्माण गरिएको थियो । आफ्नो टोलका वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको भन्दै जैधनका स्थानीयहरु खुसी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय