मंगलसेन नगर स्तरिय युवा संजालको तेस्रो नगर अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर गरिएको अधिवेशनबाट श्यामसुन्दर रावलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । जसमा उपाध्यक्ष सीता बिष्ट, सचिव अर्जुन जैगडि, सहसचिव मोहन जनाला, कोषाध्यक्ष सम्झना बोहरा लगाएतका सदस्य रहेका छन । नगर अध्यक्ष जगत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बोहराले युवा चलायमान हुनुपर्ने बताउनु भयो । हरेक परिवर्तन युवाबाट सम्भव भएकाले नेतृत्व लिन समेत आग्रह गर्नुभयो । नगर युवा संजालले थालनि गर्ने हरेक कार्यमा नगर सरकारको अपनत्व हुने भन्दै समाज परिवर्तनमा भुमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला युवा संजाल अछामका अध्यक्ष कमल रावलले देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक भएकोले नेतृत्व दायि भुमिका खेल्न आग्रह गर्नु भयो । नगरको नीति तथा कार्यक्रममा युवामा माग सम्बोधन भएकाले युवाले सोही अनुरुप कार्यक्रम गर्न सुझाव दिनु भयो । नगर युवा संजालका हरेक कार्यमा युवा संजालको साथ सहयोग रहने जनाउनु भयो ।
कार्यक्रममा निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेस सचिव विष्णुप्रसाद जैसी, वडा नम्बर ५ कार्यवाहक अध्यक्ष सुरत विक, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, रेडियो रामारोशनका स्टेसन म्यानेजर चन्द्र बहादुर थापा, जिल्ला युवा संजालका सदस्य कमल बहादुर थापा, युवा व्यवसायी दिपेन्द्र जैगडिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अर्जुन जैगडिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नगर उपाध्यक्ष श्यामसुन्दर रावलले गर्नु भएको थियो ।




