हिक्मत नेपाली ,चैत्र१३, कमलबजार । व्यावसायिक बाख्रा पालन सम्बन्धि नगर स्तरीय ३ दिने तालिम शुक्रबार (आज) कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको तालिम आज सम्पन्न भएको पशु सेवा शाखा प्रमुख देवेन्द्र बहादुर शाहीले कमलबजार दैनिक लाई जानकारी गराउनु भयो । तालिममा पालिका भित्रका दश वडाकै २२ जना अगुवा कृषकहरूको सहभागिता रहेको थियो ।व्यावसायिक  बाख्रा पालन गरी आर्थिक  सम्वृध्दि गर्नका साथै स्थानीय स्तरमै राेजगारी सिर्जना गर्ने उदेश्यले आयोजित तालिममा  सहभागी कृषक हरुलाई आज भएको समापन कार्यक्रममा प्रमाणपत्र समेत वितरण गरिएको शाखा प्रमुख शाहीले बताउनु भयो  ।   आज भएको समापन कार्यक्रमको सभापतित्वमा कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश बिष्ट रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै नगरलाई कृषिमा आत्मनिर्भर बन्नका लागि पशुपालनमा समेत कृषकले जोड दिनु पर्ने बताउनु भयो । त्यस्तै प्रमुख अतिथिको आशन बाट बोल्दै नगर उपप्रमुख भुमिशरण ढकाल बजगाईले व्यावसायिक बाख्रा पालन सम्बन्धि आयोजित तालिमले कृषकलाई व्यावसायिक बाख्रा पालन सम्बन्धि ज्ञान हासिल गरि बाख्रा पालन बाट आत्मनिर्भर बन्न सहयोग पुर्याउने बिश्वास व्यक्त गर्नु भयो । नगरपालिकाले कृषिका साथै व्यावसायिक रुपमा बाख्रा पालनमा बिशेष जोड दिएको नगरका नि. प्रमुख प्रशासकीय प्रमुख खड्ग बहादुर बिष्टले बताउनु थयो । तालिममा सहभागी कृषक मध्ये कृषक धिरेन्द्र शाहीले तालिमले व्यावसायिक बाख्रा पालन गर्न थप हौसला प्रदान गर्नुका साथै धेरै कुरा सिक्ने अवसर मिलेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय