साउन २८, अछाम
नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ काे वडा कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्द्र प्रसाद भण्डारी रहनु भएको थियाे ।
बैठकमा हालसम्म वडा कमिटीले गरेका विभिन्न गतिविधिकाे बारेमा समीक्षा गरिएकाे छ । वडाकाे विकासनिर्माण, याेजना निर्माण तथा याेजना सफल पार्न खेलिएकाे भूमिका लगायतका विषयमा छलफल गर्दै पार्टीले शशक्त रुपमा वडामा कार्य गरिरहेकाे बताईएकाे छ ।
आगामी दिनमा वडा, नगर, प्रदेश तथा संघीय सरकारबाट विनियोजित याेजनालाई प्रभावकारी बनाउन पार्टी संगठनले भूमिका खेल्ने विषयमा छलफल गरिएको छ ।
वडामा ९३ जना संगठीत सदस्य रहेका र उनीहरुकाे सदस्यता नवीकरण गरिएकाे जानकारी गराईएकाे थियाे ।
साथै बैठकले भदौ १ गतेबाट गुठिना टाेलबाट टाेलकमिटि बैठक तथा भेला गर्ने निर्णय गरेकाे छ ।
बैठकमा बाेल्दै जिल्ला कमिटी सदस्य चन्द्रप्रसाद भण्डारीले पार्टीले जनता तथा संगठनकाे हितका लागि गरेका कामकाे ईमान्दारीपुर्वक कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो । छलफल र सहमतिबाट अघि बढ्दै संगठन शशक्त बनाउनुपर्ने उहाँको भनाइ थियाे ।
यस्तै बैठकमा नेकपा एमाले मंगलसेन नगरकमिटी अध्यक्ष डम्बर बहादुर रावलले संगठनलाई शशक्त पार्दै नगरकमिटि अघि बढिरहेकाे भन्दै गाउँठाउँकाे विकास र जनतासंगै जाेडिएर अघि बढ्न नेता कार्यकर्ता प्रतिवद्ध हुनुपर्नेमा जाेड दिनुभयाे ।
बैठकमा नेकपा एमाले पूर्व जिल्ला कमिटी सदस्य प्रभुनाथ भण्डारी, पुष्पराज भण्डारी, किशान महासंघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद भण्डारी, जातीय उत्पीडित मुक्ति माेर्चाका जिल्ला सचिव बृख विक, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य राजेश्वर भण्डारी, नगर कमिटी सचिव कालुसिंह विक,  निर्वाचित वडा सदस्य जन्मराज भण्डारी,सरिता भण्डारी, पूर्व वडा सदस्य नरपति भण्डारी, शिक्षक संगठनका लाेकराज भण्डारी, मदन प्रसाद भण्डारी लगायतको सहभागीता रहेकाे थियाे ।
वैठककाे संचालन वडा कमिटी सचिव बेदप्रसाद भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय