निर्मल राजा
बर्दिया राजापुर
२०८२ भदौ २४
बर्दियको राजापुरमा युवाहरुले प्रदर्शन गरेका छन् ।
सरकारले जेन जी आन्दोलनमा गरेको दमन का विरुद्ध आज बर्दियाको राजापुरमा जेन जी समर्थक युवाहरुले आन्दोलन गरेका छन् ।
बर्दियाको राजापुरका स्थानिय तथा अन्य स्वतन्त्र ब्यक्तिहरुको जमाथले प्रदर्शन गरेका हुन् सोमबार जेनजीको आन्दोलनमा देशभरमा १९ जनाको मृत्यु भएको थियो भने ४०० बढी घाइते भएका छन्
उनीहरूले १९ जनाको ज्यान जाने गरी भएको आन्दोलनको सम्पुर्ण जीम्मेवार सरकार रहेको, बर्तमान सरकार भ्रष्टचारमा लिप्त भएको घुसघोरीहरु मौलाएको, देशमा सुशासन नरहेको , राजगारीको सम्भावना नरहेको भन्दै प्रदर्शन गरेका हुन्
उनीहरुले प्रधानमन्त्री के.पी बली बिरुद्ध चर्का नाराबाजी समेत गरेका छन् । भने सरकार छोड्न तत्काल चेतावनी समेत दिएका छन् ।
उनीहरुले राजापुर बजारको बजार,बैक तथा बित्तीय संस्था सरकारी कार्यालय, यातायात समेत पुर्ण रुपमा बन्द गरेका छन् ।
यो समाचार तयार पार्दा सम्म अप्रिय घट्ना नभए पनि आन्दोलन युवहरुले टायर बालेर चर्का नारा बाजी गदै बजार क्षेत्र परिक्रमण गरी दिन भर प्रदर्शन गरिरहेका छन् । जेन जी आन्दोलनलाई मध्यनजर गदै सम्भाबित घट्ना हुन नदिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको भए पनि प्रदशनकारीहरले भने प्रदर्शन जारी राखेका छन्




