संविधान दिवसको अवसरमा अछाम जिल्लामा पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । स्थानीय पालिकाहरुले रचनात्मक कार्यक्रम सहित संविधान दिवस मनाएका छन भने अन्य संघ संस्थाहरुले पनी दिवसको अवसरमा कार्यक्रम गरेको खबरहरु आएका छन । यस्तै अछाम जेसीजले मंगलसेनमा दिप प्रज्वलन गरेको छ । संविधान दिवसको अवसरमा मंगलसेनको खुला मंचमा दिप प्रज्वलन गरिएको अछाम जेसीजका अध्यक्ष जीतमान बोहराले बताउनुभयो । सरकारले बाजागाजा र सांगीतीक कार्यक्रम रहित दिवस मनाउन अनुरोध गरेबमोजिम अछाम जेसीजले पनी दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको अध्यक्ष बोहारले बताउनुभयो । दिप प्रज्वलन कार्यक्रममा अछाम जेसीजका निवर्तमान अध्यक्ष जेसी फलेन्द्र प्रसाद उपाध्याय, जेसी तुलाराम बिसी, जेसी टेक बहादुर थापा, महासचिव झनक अधिकारी, उपाध्यक्ष आनन्द साउद लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय