निर्मल राजा २६ भदौ,
बर्दिया । नेपाली सेनाले कफ्र्यु र निषेधाज्ञा खुकुलो बनाए पछि बर्दियाको राजापुरको जनजीवन सामान्य हुदै आएको छ ।

हिजोको तुलनामा आज कफ्र्यु खुकुलो भएपछि नागरिकहरु हिडडुल गर्न लागेका छन् भने पसल, यातायात, बैंक तथा बित्तीय संस्था भने पुर्ण रुपमा बन्द रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियका अनुसार जेनजी बाट जिल्ला स्थित सरकारी, गैर सरकारी कार्यालय, बिधालय, यातायात, बैंक तथा बित्तीय संस्था बन्दको आवहन गरेकोले बढ्दो जोखिमलाई ध्यानमा राखी जिल्ला स्थित सबै कार्यालयका सेवाहरु अर्को सुचना जारी नभए सम्म बन्द रहने जनाएको छ ।

हिजोको तुलनामा आज बिहान देखि सडक तथा चोकमा चहलपहल बढेको छ भने अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ ।

कफ्र्यु अवज्ञा गरे गोली हान्ने अधिकार समेत पाएको सेना अहिले सडकमा भए पनि खासै हिजोको जस्तो केरकार तथा हिडडुल नगर्न भनेको पाइएको छैन भने चोक चोकमा हतियारधारी नेपाली सेना,शसस्त्र प्रहरीबल, नेपाल प्रहरी भने तैनाथ छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले भदौ २४ गते राती ११ बजे देखी अर्को सुचना जारी नभए सम्म बिर्दिया जिल्ला भरी कफ्र्यु जारी रहेको र त्यसको पालना गर्न आग्रह समेत गरेको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको भोलिपल्ट सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले देशभर कफ्र्यु जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय