हिक्मत बहादुर नेपाली
अछाम, श्रावण ३१ ।
कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा वडा कार्यालयमै ४६ नागरिकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच वि.सं. २०५८ साल भन्दा अगाडि नागरिकता बनाएका जेष्ठ नागरिकहरुलाई वडा कार्यालयबाटै नागरिकता बितरण गरिएको वडा अध्यक्ष प्रजा बहादुर बोगटीले बताउनु भयो । कमलबजार नगरपालिका वडा नं.०८ कार्यालयको समन्वय र जिल्ला प्रशासन कार्यालय अछामको सहजिकरणमा नागरिकता वितरण गरिएको हो । तत्कालीन द्वन्द्वकालको समयमा जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कागजात नष्ट भए पछि नागरिकताको विवरण कायम गर्नका लागि वडामा २०५८ अघि बनेका नागरिकता संकलन गरि जिल्ला प्रशासन कार्यालय मंगलसेनमा लगेर नागरिकताको प्रतिलिपी बनाएर आज वितरण गरिएको वडा अध्यक्ष बोगटीले बताउनु भयो । जेष्ठ नागरिकहरुले वडा कार्यालयबाटै नागरिकताको प्रतिलिपी प्राप्त गरे पछि खुसी व्यक्त गरेका छन । स्थानीय जेष्ठ नागरिक जलु कामीका अनुसार जिल्ला प्रशासन कार्यालय सम्म गएर प्रतिलिपी लिदा २ हजार भन्दा बढी खर्च हुन्थ्यो र समय पनि बढीनै खर्च हुन्थ्यो तर वडा कार्यालयले वडामै वितरण गर्यो त्यसका लागि वडा सरकार लाई धन्यवाद दिनुभयो । वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको तर्फ बाट नायब सुब्बा खम्म बहादुर बोगटीको उपस्थित रहेको थियोे । यस्तै कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव गंगा ओली अन्य वडा कार्यालयमा कार्यरत कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।




