अछामको कमलबजार नगरपालिका वडा न ४ र ५ मा बाल संरक्षण, तथा बाल स्पोन्सरसिप परियोजना मार्फत संचालित गतिविधिहरुको अनुगमन गरिएको छ । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा आस्था नेपाल र वाक नेपालको साझेदारीमा संचालित परियोजनाहरुको अनुगमन गरिएको हो ।

मंगसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको अनुगमन टोलीले वडा न ४ चाल्सामा गठित बाल अधिकार समिति, रुपान्तरण कक्षामा सहभागि बालबालिका तथा अभिभावक संग अन्र्तक्रिया गरिनुका साथै उनीहरुका राय सुझाव समेत संकलन गरेको छ । सोही अवसरमा आय आर्जन तर्फ वाक नेपालले संचालन गरेका गतिविधिको पनि अनुगमन गरिनुका साथै लाभग्राहीहरुसंग अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाले यो परियोजना मार्फत संचालित गतिविधिहरु निकै राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । वडा न ४ चाल्साकी किशोरी सुजाता साउदले रुपान्तरण कक्षाले आफुमा निकै राम्रो प्रभाव पारेको बताउनुभयो ।

उहाले भन्नुभयो, पहिले आफ्ना् कक्षा कोठामा समेत बोल्न सक्ने अवस्था थिएन, जब रुपान्तरण कक्षा लिन थाले त्यसभन्दा पछाडी आफ्नो नेतृत्व व्यक्तित्व विकास भएको सुजाताको भनाई छ । यति मात्र होइन अहिले उक्त वडाका अधिकांश किशोरीहरु आफु माथि विभिन्न किसिमका हिंसाहरु भए त्यसबाट कसरी जोगीने भन्ने उपायका बारेमा समेत जान्ने भएका छन । सुजाता मात्रै होइन रुपान्तरण कक्षामा सहभागि अन्य किशोर किशोरीहरुहरु पनि रुपान्तरण कक्षाले आफु संगै आफ्ना अभिभावहरुमा समेत सकारात्मक परिवर्तन ल्याएको बताएका छन । आफ्नो दैनिकीलाई कसरी सहज र सरल बनाउने भन्ने ज्ञान रुपान्तरण कक्षाले दिने गरेको उनीहरुको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै वडा न ४ की मञ्जु ढोलीले वाक नेपालले आफुलाई आय आर्जनका लागि बाख्रा दिएपछी अहिले आफुलाई धेरै कुरामा सहज भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

पहिले आफुलाई साझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता थियो अहिले भने त्यो समस्या नरहेको ढोलीको भनाई छ । सुरुमा ४ बाख्रा बाट बाख्रापालन व्यवसाय सुरु गरेकी मञ्जुले ६ वटा बोकाहरु बेचेर पनि ८ वटा बाख्रा पालीरहनु भएको छ । आफु संग ८ वटा बाख्रा हुदा घरको खर्च र छोराछोरीको पढाइ लेखाइमा समेत समस्या नभएको उहाले बताउनुभयो । यो कार्यक्रमले आफ्नो दैनिकि नै परिवतर्नन गरिदिएको उहाको भनाई छ । अन्र्तक्रिया कार्यक्रममा सहभागि अन्य सरोकारवालाहरुले पनि यो परियोजना मार्फत भएका जतिपनि गतिविधिहरु छन सबै राम्रो भएको भन्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ । सोही वडाकी लक्ष्मी देवी साउद पनि अहिले तरकारी खेती बाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ । पहिले आफुलाइ खाने तरकारी पनी नलगाउने त्यहाका स्थानीयहरु अहिले कमलबजारमा लगेर तरकारी बेच्ने गरेको भन्दै खुसी व्यक्तगर्नुभएको थियो ।
यसैगरि वडा न ५ कुईकामा भएको कार्यक्रममा सहभागि सरोकारवालाहरुले पनि परियोजना मार्फत भएका कामहरुको प्रभावकारी भएको भन्दै प्रशंसा गरेका छन । समाज रुपान्तरणका क्षेत्रमा निकै राम्रो काम गरेको भन्दै बालबालिका र आयआर्जनका क्षेत्रमा नमुना काम गरेको बताएका छन । समुदायका जोखीममा रहेका बालबालिकाहरुको पहिचानगरि उनीहरुको दैनिकिमा परिवर्तन ल्याउन यो परियोजनाले निकै राम्रो काम गरेको उनीहरुको भनाईथियो ।

वडा न ४ मा वडा अध्यक्ष मिन बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले आस्था नेपाल र वाक नेपालले आफ्नो कार्य क्षेत्रमा रहेका नागरिकहरुको मनजित्ने गरि काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । समाज रुपान्तरणका क्षेत्रमा अछाम जिल्लामा यी संस्थाहरुले निकै महत्वपूर्ण भूमिका खेलेको हुदा हामीले संस्थाबाट बढीभन्दा बढी फाइदा लिन सक्नुपर्ने बताउनुभयो । दुईवटै वडाका सरोकारवाला संग अन्र्तक्रिया गर्दा वास्तवमा संस्थाले राम्रो काम गरेको महसुस भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमतीबम शाहीले आस्था नेपाल र वाक नेपालले गरेका काम बाट आफु निकै प्रभावित भएको बताउनुभयो । अछाम जिल्लामा जनताको मन जित्नेगरि यी दुइवटा संस्थाले काम गरेको उहाको भनाई थियो । कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवँरले आफ्नो पालिकामा आस्था नेपाल र वाक नेपालले राम्रो काम गरेको भन्दै धन्यवाद दिनुभएको छ । गैरसकारी संस्थाहरु स्थानीय सरकारका सहयोगी भएकाले सोही ढंगले परिचालित गरेको उप प्रमुख बिष्टको भनाई छ । स्थानीय सरकारले गर्न नसक्ने कतिपय कामहरु आस्था नेपाल र वाक नेपालले गरेको उहाको भनाई थियो ।
वडा न ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले आफ्नो वडामा निकै महत्वपूर्ण काम गरेको भन्दै आस्था नेपाल र वाक नेपालको खुलेर प्रशंसा गर्नुभयो । आफुले संचालन गरेका हरेक अभियानमा संस्थाहरुले ठुलो सहयोग गरेको भन्दै अध्यक्ष तिमिल्सैनाले आगामी दिनमा परिमार्जित सहित नयाँ कार्यक्रम ल्याएर आउन आग्रह गर्नुभएको छ ।
दुइवटै वडामा भएको अनुगमन तथा अन्र्तक्रिया कार्यक्रममा कमलबजार नगरपालिका निमित्त प्रमुख प्रशासीकय अधिकृत लोक बहादुर शाही, जिल्ला समन्वय समिति सदस्य द्धारीका उपाध्याय, प्रनाथ विश्वकर्मा, मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, आस्था नेपालका अनुगमन अधिकृत हर्क बहादुर खड्का, वाक नेपालका टेकेन्द्र परियार लगायत आस्था र वाक नेपालका फिल्ड कर्मचारीको सहभागिता सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आस्था नेपालका फिल्ड संयोजक दिल बहादुर शाहीले गर्नुभएको हो । जिल्ला परियोजना सल्लाहकार समितिले आस्था नेपाल र वाक नेपालले काम गरेका पंञ्चदेवल विनायक नगरपालिका, मेल्लेख गाउँपालिका र साफेबगर नगरपालिकामा पनि अनुगमन गरेको छ ।

सबै पालिकामा अनुगमन सम्पन्न भएपछी भदौ ११ गते मंगलसेनमा बृहत कार्यक्रमको आयोजना गरिएको आस्था नेपालका कर्मचारी नम बहादुर बिष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय