
हिक्मत बहादुर नेपाली
अछाम भाद्र १७ ।
ढकारी गाउँपालिका अछाममा देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा अछामको उपशाखा गठन तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गगन बहादुर थापाको अध्यक्षतामा संस्कृति संरक्षणका लागि समिति गठन भएको छ । उक्त कार्यक्रममा देउडा संस्कृति संरक्षण प्रतिष्ठान अछामका अध्यक्ष अमना रोकाय लगायत पदाधिकारीको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा ढकारी गाउपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद प्रमुख अतिथि रहनु भएको थियोे । उहाँले संस्कृति संरक्षणका लागि प्रतिष्ठान लाई पालिका र आफुले तन मन धन सबै दिएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे । सो कार्यक्रममा कलाकार अमना रोकाया, कमला रोकाया, शारदा बोहरा, तुल्सी विक , तुल्सी थापा , गगन बहादुर थापा, टिकाराम बुढा, हरि घोडासैनी लगायतले आफ्नो देउडा दोहोरी र व्याटल प्रस्तुत गर्नुभएको थियोे । सो कार्यक्रम कमलबजार मिडिया (केबिएम टिभी अनलाइन) र फेसबुक पेजमा मा भिडियो हेर्न सकिनेछ ।
