
World vision International नेपालको सहयोग आस्था नेपाल र वाक् नेपालको सहजीकरणमा पञ्चदेवल विनायक नगरपालिकाको साझेदारी तथा समन्वयमा वार्ड नम्बर १,२,३,४, ६ र ७ मा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना र एकिकृत जीविकोपार्जन पोषण परियोजनाले सञ्चालन गरेको २०२१ देखि २०२५ को रणनितीक साइकलको क्रियाकलापको समीक्षा तथा उपलब्धि स्थानिय सरकार लाई हस्तान्तरण कार्यक्रम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ । वाक् नेपाल कार्यसमिति सचिव शुरत बहादुर खड्का को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख अम्बिका चलाउने रहनु भएको कार्यक्रमको अतिथि वाड नं १ का अध्यक्ष दुर्गा प्रसाद तिमिल्सेना २ का अध्यक्ष कृपा बहादुर धामी ३ का अध्यक्ष बजिर बहादुर शाही ६ का अध्यक्ष कमल रावल ७ का अध्यक्ष सुरत बहादुर रावल वाड न ४ का कार्यबाहक अध्यक्ष मान बहादुर शाही नी प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापा लगायत बिषयगत शाखा प्रमुख ज्यूहरु भएको कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशन नेपालका बाल संरक्षण सयोजक कृप राज जोशी आस्था नेपाल कार्यसमिति सदस्य खेमराज अधिकारी कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला वाक् नेपाल कार्यक्रम अधिकृत आरती कुवँर लगायत आस्था र वाक् नेपालका कर्मचारीहरु नगर बाल सञ्जाल अध्यक्ष श्रृजना अधिकारी को उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
आस्था नेपाल कार्यसमिति सदस्य खेमराज अधिकारीको स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रममा वल्ड भिजन इन्टरनेशनल नेपालाका बाल संरक्षण सयोजक कृपराज जोशीले कार्यक्रमको उद्देश्य जानकारी गराउनु भएको कार्यक्रममा आस्था र वाक् ले पाँच वर्षमा यस पालिकामा गरेको कामको आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला सामाजिक परिचालक शुसिल बटालाले ग्यालरी प्रस्तुतिकरण गर्नु भएको थियो भने वाक् नेपालको तर्फ बाट कार्यक्रम अधिकृत आरती कुवँर र सामाजिक परिचालक डम्बर रावलले गर्नु भएको थियो । परियोजनाले गरेको कामको प्रस्तुतिकरण संगै सरोकारवाला निकाय संग सुझाब सल्लाह संगै अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा साझेदार संस्थाले गरेको कामको साच्चिकै नमुना योग्य रहेको कुरा विषयगत शाखा प्रमुख लगायत अध्यक्ष ज्यु ले गर्नु भएको थियो भने आगामी दिनमा यस कार्यक्रमलाई निरन्तर गर्दिन आग्रह गर्नु भएको छ । कार्यक्रलाई आउने दिनमा कसरी दिगो बनाउने यसको लागि स्थानिय सरकार सबैले लाग्न पर्ने कुरामा जोड दिएको थियो भने परियोजना ले आउने दिनमा अझ थप काम लाई प्रभावकारी बनाउन बाल मैत्री स्थानिय शासन अवलम्बन पोषण मैत्री लगायत जिविको प्राजनको क्षेत्रका कार्यक्रमलाई प्राथामिकतामा राखेर आगाडि बढ्ने र सोही कार्यक्रममा स्थानीय सरकारले बजेट साझेदारी गरेर थप परिमाण मुखी बनाएर अगाडि बढ्ने कुरामा लाग्नु पर्ने बताएका छन । वडा अध्यक्ष ज्यू हरुले दुवै संस्थाले गरेको राम्रो काम गरेको अझै राम्रो गर्न र आगामी दिनमा कार्यक्रम लाई निरन्तरता दिएर आगाडि बढ्न आग्रह गर्नु भएको थियो ।
परियोजनाले पाँच वर्षमा सञ्चालन गरेको मुख्य उपलब्धि लाई स्थानीय सरकारलाई हस्तान्तरण गरेका छ । नगर प्रमुख अम्बिका चलाउने ले वाक् र आस्था ले पाँच वर्षमा उप्लब्धी मुलक काम गरेको स्पोन्सरसीप परियोजनाले शैक्षिक गुणस्तरमा टेवा पुगेको बाल बालिका नियमित स्कूल जाने संख्यामा वृद्धि भएको छ भने जिविको पार्जन पोषण परियोजनाले आय आर्जन हुनुको साथै स्वस्थ तरकारी खाने बानीको विकास र आयआर्जनमा वृद्धि भएकोमा दुवै साझेदार संस्थालाई धन्यवाद दिँदै अब आउने दिनमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।
समाज रुपान्तरणमा मानवीय विकास अबको प्रमुख आवश्यकता रहेको र पुराना कु संस्कार र कु संस्कृति विरुद्धका विभिन्न अभियान सडक नाटक गरेर मान्छेको सोच बदल्ने गरी सबैले काम गरे मात्र संस्कार बदलिने भएकोले अब सबै सरोकार वाला निकाय तथा साझेदार निकायको समन्वय तथा साझेदारमा मानवीय विकासमा लगानी गरेर समाज रुपान्तरण गर्ने कुरामा जोड दिने र थप बाल बालिका र अभिभावकको क्षेत्रमा सञ्चालन भएको कार्यक्रको निरन्तरता कायम गर्नु पर्ने लगायत परियोजनाले बाकी वडामा नी कार्यक्रमलाई कसरी लैजान सकिन्छ अन्य वडाको बाल बालिका र अभिभावकको क्षमता विकास गर्ने गरी योजना बनाउन सुझाव दिनु भएको छ ।
वाक् नेपालका कार्यसमिति सचिव सुरत खड्काले दुवै साझेदार संस्था वाक् र आस्थाले गर्ने विभिन्न कार्यक्रममा पालिकाको नगर प्रमुख सहितको टिमले गरेको साथ सहयोगले आराम साथ गरी सम्मान गर्दै मान्छेमा इच्छा शक्ति भयमा समाज रुपान्तरण गर्न कुनै समस्या नहुने भन्दै समीक्षा कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन आस्था नेपाल का फिल्ड अधिकृत दिल बहादुर शाही ले गर्नु भएको थियो ।