हिक्मत बहादुर नेपाली
अछाम, असोज ११ ।
दलितका लागि दलित अभियानको अछाम जिल्ला समिति गठन भएको छ । संयोजकमा मिलन नेपाली चयन हुनुभएको छ । त्यसैगरी उपसंयोजकमा रमिता विक, सचिवमा दिनेश कुमार नेपाली , कोषाध्यक्षमा रम्भा कुमारी विक, सहसचिवमा सिदार्थ नेपाली चयन हुनुभएको छ । सदस्यमा किरण परियार, रमेश नेपाली, पहल सिंह सुनार , कमल टमट्टा, डण्डी विश्वकर्मा लगायत चयन हुन भएको छ । थप पदाधिकारी आगामी बैठकबाट मनोनीत गरिने बताईएको छ । साथै टोप बहादुर सुनारको संयोजकत्वमा सल्लाहकार समिति समिति समेत गठन गरिएको छ । आज मंगलसैनमा सम्पन्न भेला बाट पदाधिकारी घोषणा गरिएको हो । कार्यक्रममा दलिलका लागि दलित अभियानका सुदूरपश्चिम संयोजक सुरत बहादुर भुलको बिशेश उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय