रमिता बि क
अछाम , असोज ३० ।
अछामको ढकारी गाउँपालिकामा आज महिला बालबालिका तथा सीमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धिका लागि घुम्ती कानुनी शिविर सञ्चालन कार्यक्रम सम्पन्न भएको छ। ढकारी गाउँपालिकाको आयोजना तथा आस्था नेपाल र(UNDP) को सहयोगमा ढकारीमा सञ्चालन गरिएको शिविरमा ३७ जनाले सेवा लिएका हुन। यस कार्यक्रमको उद्देश्य महिला बालबालिका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आफ्नो कानुनिक अधिकारबारे सचेतना बनाउनु न्यायमा पहुँच अभिवृद्धि गर्नु र भेदभाव हिंसा तथा अन्यायका घटनामा कानुनी उपाय अपनाउनु सक्षम बनाउनु हो। साथै समाजमा लैङ्गिक समानता र न्यायपूर्ण व्यवहार प्रवर्धन गर्दै सशक्तिकरणको भावना विकास गर्नु पनि यस कार्यक्रमको मुख्य उद्देश्य हो।
कार्यक्रमका अध्यक्ष एवं ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाहीले बालबालिका र सीमान्तकृत समुदायले कानुनी सचेतना दिलाउनु न्याय र समानताको आधार भएको बताउँदै यस्तो कार्यक्रमले सबैमा अधिकार प्राप्तिको जागरुकता बढाउने बताउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले समाजमा कानुनी सचेतना बढेमात्र अन्याय र हिंसा घट्छ प्रत्येक नागरिकले आफ्ना अधिकार र कर्तव्य बुझ्नु सक्नु नै सशक्त समाजको पहिचान भएको बताउँदै आफ्ना समस्याहरुलाई सशक्त रुपमा सम्बन्धित निकायसम्म पुर्याउन सबैले आफ्नो आँट राख्नुपर्ने बताउनुभएको थियो।
ढकारी गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक नेत्रकला शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रकाश साउद रहनुभएको थियो। यस्तै सम्पूर्ण वडाका वडाध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य आस्था नेपालका फिल्ड अधिकृत दिलबहादुर शाही सचिव कृष्ण देवकोटा गोकुल खड्का लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्थानीय अधिकृत दिलबहादुर शाहीले गर्नुभएको थियो।
यस्तै सोही कार्यक्रम यसअघि अछामको कमलबजार नगरपालिकामा पनि सञ्चालन गरिएको थियो। कमलबजारमा सञ्चालन गरिएको कार्यक्रम एकदमै प्रभावकारी बनेको थियो।





