हिक्मत बहादुर नेपाली
अछाम कात्तिक २४ ।
राष्ट्रिय महिला आयोगको आयोजनामा मर्यादित महिनावारि का सवालमा स्थानीय तहका पदाधिकारी एवं सरोकारवाला निकाय विच सामाजिक सचेतना अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम अछामको मंगलसेनमा सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कृष्णा कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियोे ।अछामका १० वटै स्थानीय तह तथा वडाका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने अधिकांशले सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडी कुप्रथाको अन्त्य गर्न कानुनको कार्यान्वयनमा कडाइ गरिनुपर्नेमा जोड दिएका थिए । छाउगोडहरु भत्काएर मात्र समस्याको समाधान नहुने भएकाले तिनै तहका सरकारले जनचेतनामुलक कार्यक्रम लाई प्राथमिकता दिनुपर्ने सरोकारवालाको माग थियोे ।
कार्यक्रमको समाधानमा महिला आयोगका अध्यक्ष पौडेलले आयोग पहिलो पटक अछाममा मर्यादित महिनावारि का सवालमा स्थानीय तहका पदाधिकारी एवं सरोकारवाला निकाय विच सामाजिक सचेतना अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेकोले उपलब्धिमुलक भएको बताउनुभयो । साथै कार्यक्रम सफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय