हिक्मत बहादुर नेपाली
अछाम कार्तिक २४ ।
कृषि विकास कार्यक्रम संचालनका लागी प्रस्ताव पेश गर्न कृषि ज्ञान केन्द्रले आह्वान गरेको छ । कार्यलयको कार्तिक १७ गते प्रथम पटक प्रकाशित सूचना अनुसार १५ दिन भित्र मंसिर १ गते सम्म कृषकले पेश गरिसक्नुपर्ने छ । अछामका दश बटै स्थानीय तहमा फरकफरक किसीमका कृषि कार्यका लागी प्रस्ताव आह्वान गरिएको छ । कमलबजार नगरपालिका र साँफेवगर नगरपालिका लागी स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्र्तगत तरकारी खेतीका लागी प्रस्ताव आह्वान गरिएको छ । यस्तै रामारोशन गाउपालिकामा मसला बाली र प्रांङगारिक कृषि प्रवद्र्धन कार्यक्रम र चौरपाटी गाउपालिकामा फलफूल खेतीका लागी प्रस्ताव आह्वान गरिएको छ । उल्लेखित प्रत्येक कार्यक्रमका लागी ४०÷४० लाख बजेटको दायरा छ ।
हिउदे बगैचा स्थापना , कृषक अध्ययन गरेका वा विहेशबाट फर्केका कृषक उद्यम गर्ने युवाहरुको उद्यमशिलता विकास सहयोग कार्यक्रम र स्थानीय उपज बजारीकरण प्रवद्धनका लागि ब्रान्डीङग लेवलिंग प्याकेजिङ लगायत सहयोग कार्यक्रमका लागि भने जिल्ला भरका कृषक समुह, सहकारी, कृषि फर्मले प्रस्ताव पेश गर्न सक्नेछन । प्रस्ताव पेश गर्ने सम्बन्धी विस्तृत जानकारीका लागी ०९७ ६२०१७८ र ६२०१४१ म सम्पर्क गर्न सकिने छ ।
विस्तृतमा यो सूचना हेर्नुहोस ।







