हिक्मत बहादुर नेपाली
कमलबजार कार्तिक १ ।
कमलबजारमा जारी तेश्रो उपमेयर कप फुटबल प्रतियोगीता सम्पन्न भएको छ । फाइनखेलमा मंगलसेन बि टिम बिजेता बनेको छ । उपविजेता आयोजक कमलबजार युथ क्लबको टिम भएको छ । खेलको निर्धारित समय भित्र मंगलसेन बि टिम ले २ गोल गरेको थियोे भने आयोजक टिम कमलबजार युथ क्लबले जवाफी गोल फर्काउन सकेन र उपविजेतामा सिमित भयो ।
कमलबजार नगरपालिकाको आयोजना तथा कमलबजार युथ क्लबको व्यवस्थापनमा भएको प्रतियोगीतामा १८ बटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । असोज २९ गते बाट चौकेगडा खेल मैदानमा भएको प्रतियोगिताको आज समापन भएको हो । बिजेताले ८१ हजार १ सय ११ र उपविजेता टिमले ४१ हजार १ सय ११ नगद संगै मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । समापन कार्यक्रम कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा मंगलसेन नगरपालिका वडान नं ५ मा अध्यक्ष झंकर प्रसाद भाट, वडा नं ४ का अध्यक्ष नाम सिंह धामी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थीती रहेको थियो । कार्यक्रमको संचालन कमलबजार खेलकुद विकास समितीका अध्यक्ष धिरज रावतले गर्नु भएको थियो ।





