२०८२ कार्तिक ३,

युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि ले निःशुल्क रुपमा फलफूलका बिरुवा बितरण गरेको छ ।
आज एक छुट्टाछुट्टै कार्यक्रमका बीच फलफूलका बिरुवा बितरण गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेका समूह सदस्य तथा त्यसै गरी बाँके कै खजुरा गाउँपालिकामा रहेका समुह सदस्यहरुलाई निःशुल्क फलफुलका बोट बिरुवा बितरण गरेको हो ।
बाँकेको कोहलपुरमा १२५ जनालाई २५० र त्यसै गरि खजुरा गाउँपालिकामा १२५ जनालाई २५० गरि जम्मा ५०० वटा बिरुवा निःशुल्क बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक डा गोपाल दहितले जानकारी दिए
(फलफुलका बिरुवा बितरण कार्यक्रममा बाेल्नु हुदै कार्यकारी निर्देशक डा. गाेपाल दहित )
फलफुलका बिरुवा बितरण कार्यक्रममा बोल्दै लघुबित्त बिज्ञ डा दहितले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत संस्थाले हरेक वर्ष केही न केही सामाजिक कार्य गर्दै आएको र त्यसै कै निरन्तरता स्वरुप यस वर्ष पनि निशुल्क फलफुलका बिरुवा बितरण गरिएको बताए ।
उनले युनिकले बित्तीय कारोबार मात्रै नगरेर देशको परिस्थिति अनुसार बिपदको समयमा समेत परोपकारी कार्य गर्दै अघि बढ्ने गरेको समेत बताए ।
पुर्व मन्त्री समेत रहेका दहितले युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि ले चाहे त्यो कोरोनाकाल जस्तो विषम परिस्थिति होस चाहे त्यो बाढी पहिरो होस चाहे त्यो अन्य बिपतीको समयमा सामाजिक कार्यमा समेत अग्र मोर्चामा रहि सेवामूलक कार्य गर्दै आएको बताए
सामाजिक अभियन्ता समेत रहेका दहितले अहिलेको वर्तमान परिस्थिमा महिला दिदिबहिनीहरुले ऋण लिई उधमी समेत बन्नु पर्ने र ऋणको सहि सदुपयोग गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले देशमा हुने परिवर्तन तथा विषम परिस्थितिमा सबै भन्दा बढी महिलादिदी बहिनीहरु मारमा पर्ने भएको हुदा सर्व प्रथम त महिला दिदी बहिनीहरु आथिर्क रुपमा सबल हुनु पर्ने बताए ।

छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं २ का वडा सदस्य पुरन थारु प्रमुख अतिथि रहेका थिए भने अतिथीहरुमा ब्रहदवा गाँउका बडघर रामेश्वर थारु, त्यसै गरि कौशिल्या नगर बिटका ईन्चार्ज असई नन्द बहादुर परियार , लक्ष्मी माध्यमिक बिधालयका सहायक प्रधानाध्याक मिन बहादुर बली त्यसै गरी दिपेश नर्सरी फर्मका संचालक राजमति थारु, सामान्य सेवा बिभाग प्रमुख नरेन्द्र थारु लगायतको सहभागिता रहेको थियो भने त्यस्तै उत्ता बाँकेको खजुरामा भएको कार्यक्रममा ज्ञानोदय नमुना मा.बि का प्रधानाध्याक ऋषी राम सापकोटा प्रमुख अतिथी रहेका थिए भने अतिथीहरुमा ईलाका प्रहरी कार्यालय धनौलीका ईन्चार्ज लोकेन्द्र कार्की, युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का सुचना प्रबिधी अधिकृत राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का आन्तरिक लेखा परिक्षक राजेन्द्र कुमार चौधरीले गरेका थिए ।






