नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल अछाम जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल अछाम जिल्ला कमिटीका संयोजक हेमन्त बिसीको अध्यक्षतामा सम्पन्न बैठकले आगामी दिनमा संगठनका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने, पार्टीका विरुद्ध हुने गतिविधि निरुत्साहित पार्ने र नेतृत्वलाई युवाका सवाल महत्वपूर्ण भूमिका खेल्न अनुरोध गर्ने लगायतका निर्णय गरेको छ । यस्तै बैठकले अछाम जिल्लाका १० वटै पालिकामा संगठनको अधिवेशन गर्ने निर्णय गरेको युवा फार्ट प्रमुख सिद्ध प्रसाद ढुंगानाले जानकारी दिनुभएको छ । ढुंगानाका अनुसार पालिका स्तरमा संयोजक संगै मिति समेत तय गरेको छ । जस अन्तर्गत साफेबगर नगर कमिटी – संयोजकः बिकास कुँवर, अधिबेसन मिति २०८२ कार्तिक २२ गते, चौरपाटी पालीका कमिटी संयोजक धन बोगटी, अधिवेसन २०८२ कार्तिक २२ गते, मेल्लेख पालीका कमिटी संयोजक ईश्वर कुमार साँउद, अधिवेसन २०८२ कार्तिक २२ गते, बान्नीगढी जयगढ पालीका कमिटी – संयोजकः दमन साँउद, अधिवेसन २०८२ कार्तिक २९ गते गर्ने निर्णय भएको छ यसैगरिी मंगलसेन नगर कमिटी संयोजक प्रवेश बिक, अधिवेसन कार्तिक ३० गते, . कमलबजार नगर कमिटीमा संयोजक रण बहादुर ढकाल अधिवेसन २०८२ कार्तिक २५ गते, . पञ्चदेवल बिनायक नगर कमिटी संयोजक देवेन्द्र साँउद, अधिबेसन कार्तिक २५ गते, तुर्माखाँद गाउँ कमिटी संयोजक कमल शाही, अधिवेशन २०८२ कार्तिक २२ गते र ढकारी गाउँ कमिटी – संयोजक केशव धामी, अधिवेशन कार्तिक ३० गते गर्ने भएको छ भने रामारोसन गाउँ कमिटी – संयोजक पछि तोकिने र अधिवेशन कार्तिक ३० गते गर्ने निर्णय गरेको इन्चार्ज ढुंगानाले बताउनुभयो । एमाले पार्टी कार्यालयमा सम्पन्न बैठकमा नेकपा (एमाले) अछाम जिल्ला कमिटीका अध्यक्ष शिव प्रसाद उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो । यस्तै पार्टीका उपाध्यक्ष तिलक कुँवर, सचिव हिरण्ड भट्टराई, पूर्व सचिव भिम रावल (कालोटोपी), जिल्ला कमिटी सदस्य तथा युवा फार्ट प्रमुख सिद्ध प्रसाद ढुंगाना, राष्ट्रिय युवासंघ नेपाल सुदुरपश्चिम प्रदेश संयोजक बम शाही, केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज बखत शाही लगायतको उपस्थिति रहेको थियो । बैठकले कमल महर र युवराज नाथलाई सह–संयोजकमा मनोनीत गर्ने निर्णय गरेको छ । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवासंघ नेपाल अछामका सह–संयोजक कमल महरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय