मंगलसेन नगरपालिका वडा न ३ निवासी लोक बहादुर साउद, दिल बहादुर साउद र पुस्प साउदले आफ्नी स्वर्गीय आमाको ४५ औ दिनको पुण्य तिथिको अवसरमा जिल्ला अस्पताल अछामका विरामीहरुलाई फलफुल वितरण गर्नुभएको छ । मृतक आमाको सम्झना स्वरुप साउद दाजुभाइले जिल्ला अस्पताल अछामका ३० जना विरामीलाई फलफुल वितरण गर्नुभएको हो ।
गत असोज ५ गते साउदकी ६८ बर्षिय आमा सेतुदेवी साउदको उपचारको क्रममा जिल्ला अस्पताल अछाममा ज्यान गएको थियो । यस्तो बेला अन्य ठाउमा खर्च गर्नुभन्दा पनि विरामीहरुको स्वास्थ्य लाभको कामनागर्दै फलफुल वितरण गर्दा यसबाट समुदायमा पनि राम्रो सन्देश जाने भन्दै विरामीलाई फलफुल वितरण गरिएको मृतक सेतुदेवी साउदकी बुहारी उर्मिला साउदले बताउनुभयो । फलफुल वितरण कार्यक्रममा मंगलसेन नगरपालिका वडा न ३ का वडा सदस्य चक्र बहादुर साउद, जिल्ला अस्पताल अछामका निमित्त कार्यालय प्रमुख डाक्टर सागर ताम्राकार, समाजसेवी तेज बहादुर साउद लगायतको सहभागिता रहेको थियो ।





