टेक बहादुर थापा
अछाम कार्तिक २५ ।
मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले व्यवसाय विना मान्छेको आर्थिक उन्नती सम्भव नहुने बताउनुभएको छ । व्यवसाय भनेको मान्छेलाई आर्थिक रुपमा आत्म निर्भर बनाउने माध्यम भएकाले सानो ठुलो जत्रो भएपनी आफुले सक्ने व्यवसाय गर्नुपर्नेमा जोड दिनुभएको छ । विश्वमा जतीपनि आर्थिक प्रगति भएका छन त्यी सबै उद्योग र व्यवसाय बाट मात्रै सम्भव भएकाले हामीले पनि आफ्नो गाउँठाउको बजारको अवस्थालाई हेरेर कुनै न कुनै व्यवसाय गर्नैपर्ने बताउनुभयो । आफ्नो र समुदायको गरिबी अन्त्य गर्ने हो भने हरेक व्यक्ति व्यवसायमा जोडीन आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई छ ।
मंगलसेन नगरपालिका वडा न ६ मा संचालन गरिएको व्यवसायिक मकै पोला उत्पादन तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले यो वडा भनेको हरेक हिसाबले सम्भावना बोकेको वडा भएको भन्दै यस्ता उद्योगहरु संचालन गरि नगरकै नमुना वडाको रुपमा आफ्नो परिचय पहिचान बनाउन सुझाव दिनुभएको छ । यहाका नागरिकहरु मेहनती र सृजनशिल भएकाले यो उद्योगलाई रोजगारी संग जोडेर आर्थिक रुपमा आत्म निर्भर बन्न सुझाव दिनुभएको छ । हामीले समय सुहाउदो व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिदै नगर प्रमुख बोहराले राम्रो गर्दैगएपछी यो उद्योगलाई नगरपालिकाको तर्फबाट आर्थिक अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
अहिले पछिल्लो समयमा युवाहरु आफ्नो खेतीपाती गर्न कोहीपनी तयार नभएको भन्दै यो हामी सबैका लागि चिन्ताको विषय भएकाले अब आफ्नै गाउँमा व्यवसाय गर्ने युवाहरुलाई नगरपालिकाले विशेष कार्यक्रम ल्याउने समेत जानकारी गराउनुभएको थियो । युवाहरु आफै अग्रसर भएर व्यवासाय गरेको खण्डमा त्यसले घर परिवार मात्र होइन सिंगो समुदाय राष्ट्रलाई योगदान दिने भएकाले आफ्नो क्षमताले भ्याए सम्म आफ्नै गाउमा व्यवसाय गर्न सुझाव दिनुभएको थियो । आज जतिपनि मान्छेहरुले आर्थिक रुपमा फट्को मारेका छन त्यी सबै प्रगतिहरु यस्तै उद्योग कलकारखाना बाट मात्रै सम्भव भएकाले अब यो उद्योगलाई व्यवसायीक रुपमा अगाडी बढाई आफ्नो वडाको नाम उच्च राख्न अनुरोध समेत गर्नुभएको छ ।
जब सम्म हामी भित्री हृदयबाट नै म यही ठाउमा केही गर्छु भन्ने सोचका साथ अगाडी बढ्दैनौ तब सम्म हाम्रो आर्थिक प्रगती नहुने उहाको भनाई छ । मंगलसेन नगरपालिकाले भैसीपालन गर्ने किसानलाई अनुदान दिने, बाझो जग्गामा व्यवसायीक रुपमा खेती गर्नेलाई सहुलियत दिने जस्ता कार्यक्रमहरु ल्याउदा पनि कोहीपनी युवाहरु यस्ता व्यवसाय गर्न तयार नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । यही ठाउमा पनि मेहनत गरेमा राम्रो आम्दानी गर्न सकिने भएपनी युवाहरु विदेशकै पछाडी लाग्दा गाउँहरु पनि खाली हुदै गएको र व्यवसाय पनि संकटमा पर्ने गरेको बताउनुभयो । राम्रो गर्ने ईच्छा र चाहाना भएका युवाहरुलाई मंगलसेन नगरपालिका सहयोग गर्न तयार रहेको नगर प्रमुख बोहराले प्रतिबद्धता दोहो¥याउनु भएको थियो । मंगलसेन नगरपालिकाको आयोजना र वाक नेपालको प्राविधिक सहयोगमा संचालन भएको तालिम समापन कार्यक्रममा बोल्दै पुर्व वडा अध्यक्ष जनकराज भण्डारीले यस्ता उद्योगहरु गाउँठाउमा संचालन हुनु आफैमा राम्रो पक्ष भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोडदिनुभएको छ । विभिन्न संघ संस्था बाट तालिम लिने तर पछि व्यवसायलाई निरन्तरता नदिने समस्या रहेकाले यसो गर्न नहुने बताउनुभयो । यही वडामा पनि यस्ता तालिम लिएर बसेका थुप्रै युवाहरु भएपनी व्यवसाय नगरि बसेकाले यो हाम्रा लागि दुखद कुरा भएको अध्यक्ष भण्डारीको भनाई छ । पुर्व अध्यक्ष भण्डारीले अर्काको खोर देखाएर लाखौ रुपैयाको अनुदान खानेहरु पनि यही ठाउमा रहेको भन्दै यस्तो अनैतिक काम गर्नेलाई राज्यले कानुनको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो । हामी जब सम्म भित्री हृदय बाट नै म हयी ठाउमा केही गर्छु भन्ने भवना राख्दैनौ तबसम्म प्रगति सम्भव नहुने बताउनुभयो ।
हामी ईमान्दार भएर आफ्नो व्यवसाय संचालन गरेको खण्डमा यसले कुनैन कुनै दिन हामीलाई प्रगतिको बाटोमा अघि बढाउने उहाको भनाई छ । मंगलसेन नगरपालिकाले पनि ताली लिने तर हात बाधेर बस्ने युवाको पहिचान गरि त्यस्ता युवाहरुलाई आगामी दिनमा कुनैपनी तालीममा सहभागि नगराउने निति अघि सार्न आवश्यक रहेको उहाको सुझाव छ । वडा न ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सुझाव मन्तव्य राख्दै नेपाली काग्रेसका प्रतिनिधि लाल बहादुर बिष्टले तालिमलाई व्यवहारमा लागुगरी व्यवसाय गर्न सुझाव दिनुभएको छ । तालिम लिएर हराउने प्रवृति रहेकाले यसो गर्न नहुने उहाको सुझाव थियो । नेकपा एमालेका टंक प्रसाद भण्डारीले यो वडा थुप्रै सम्भावना बोकेको वडा भएकाले यसको प्रसोधन गरि वडालाई आत्म निर्भर बनाउनुपर्ने बताउनुभयो । यहाको स्रोत साधनलाई उचित ढंगले प्रयोग गर्दै वडालाई नमुना वडाको रुपमा विकास गर्नुपर्ने भण्डारीको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यसमिति सदस्य सेतीराम भण्डारीले वडा तहमै उद्योग संचालन गर्ने उदेश्यले संचालन गरिएको मकैको पोला बनाउने तालिम निकै महत्वपूर्ण भएकाले यसलाई अब निरन्तरता दिनुपर्ने बताउनुभयो । अहिलेको बजार प्रतिष्पर्धाको बजार भएकाले यसको गुणस्तर कायम गर्दै कानुनको दायरामा लिएर बजारीकरण गर्न सुझाव दिनुभएको छ । यसभन्दा अघि वडामा यस्ता थुप्रै तालिमहरु संचालन भएपनी निरन्तरता नभएको तितो अनुभव सुनाउदै राम्रो गर्नेलाई प्रोत्साहन र नगर्नेलाई निरुत्साहीत पार्नुपर्ने भण्डारीको भनाई थियो । कार्यक्रममा ठुलासैन बजार विकास समितिका अध्यक्ष हेमराज भण्डारी, मालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महादेव भण्डारी, अगुवा किसान रंग प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थिय ।





