किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोग वातावरण (SAFE-Girls) परियोजना अन्तरर्गत जिल्ला परियोजना सल्लाहकार समन्वय समितिले अनुगमन गरेको छ । DPAC visit अन्तरगत कमल बजार नगरपालिका वडा नम्बर १० मा अवस्थित विद्याप्रबोधिनि मावि र वडा नं ६ मा अवस्थीत कालिका मा.वि मा सञ्चालन भइरहेको रूपान्तरण कक्षाको जिल्ला परियोजना सल्लाहकार समन्वय समितिले अनुगमन गरेको हो । रुपान्तरण कक्षाको १० वटा खण्ड बाट किशोरीहरुले सिकेका कुराहरू अनुगमन समिति संग आदानप्रदान गरेकी थिईन । साथै किशोरीहरुले आफुले भोगीरहेका समस्याहरु राख्दै आगामी दिनमा परियोजना बाट समाधानका लागि भुमिका खेल्नुपर्ने बताएकी छन । जिल्ला परियोजना सल्लाहकार समन्वय समितिले अनुगमनमा कमल बजार नगरपालिकाका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाल, स्वास्थ्य शाखाबाट टेकबहादुर बिष्ट र वडा नम्बर १० का वडा अध्यक्ष भीमबहादुर बिष्ट good neighbours international बाट जगदीश दास सेवक नेपालबाट महेश hitang र वाक नेपालबाट कार्यक्रम संयोजक निराजन चौधरी कमल बजार नगरपालिकाको प्रोजेक्ट अफिसर दीपा बम को सहभागीता रहेको थियोे । यो संगै किशोर किशोरी सूचना कक्षा पनि भिजिट गरिएको थियो। यसलाई अझै प्रभावकारी कसरी बनाउने भन्ने कुराहरू पनि छलफल गरिएको थियो। अनुगमनका क्रममा प्रत्येक विद्यालयका वृहत् यौनिकता शिक्षा प्राप्त गरेका तालिम प्राप्त शिक्षक र रूपान्तरण किशोरीहरूले आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय