राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य हरि ढकालले पछील्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनताको आकर्षणा बढ्दै गएको बताउनुभएको छ । पार्टी कार्यालयमा दैनिक रुपमा सयौको संख्यामा प्रवेशीहरुको भिड लाग्ने गरेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी अछामको बैठकलाई सम्बोधन गर्दै नेता ढकालले अछाम जिल्लामा पनि पार्टीका साथीहरुको सकृयताले संगठन मजबुत हुदै गएकोमा खुसी व्यक्त गर्नुभएको छ । पुराना दलहरुलाई छाडेर यो पार्टीमा आउनेहरु बढ्दै गएपछी काग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरु आतिएको उहाको भनाई छ । अहिले बालक देखी बृद्ध सम्मका व्यक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्न थालेको नेता ढकालले बताउनुभयो ।
निवर्तमान सांसद समेत रहनु भएका उहाले अब बुथ कब्जा गर्ने र आफ्ना मान्छेलाई जिताउने प्रवृतिको अन्त्य गरिने बताउनुभयो । चुनावमा रास्वपाका विदेशमा रहेका लाखौ युवाहरु गाउँमा आउने र बुथ कब्जा गर्नेलाई गाउँ फर्किन नमिल्ने गरि लखेट्ने चेतावनी समेत दिनुभएको छ । अछाम जिल्ला बाट पटक पटक जितेर जाने नेताहरुले जिल्ला बासीका लागि केहीपनी गर्न नसकेको भन्दै उहाले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिक्षण गर्न समेत आग्रह गर्नुभएको छ ।
नेता ढकालले आईतबार नै साफेबगरमा पार्टीको नगर कार्य समितिको कार्यालयको उदघाटन गर्नुभएको छ । पार्टीका जिल्ला संयोजक ओमप्रकाश रावलको अध्यक्षतामा भएको विस्तारित बैठकमा प्रदेश सभापति प्रकाश बिष्ट, प्रदेश सदस्य चन्द्र प्रसाद ढुंगाना लगायतका नेताहरुको सहभागिता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य सेतीराम भण्डारीले जानकारी दिनुभएको छ ।




