हिक्मत बहादुर नेपाली
अछाम मंसिर २२ ।
अपाङता पहिचान स्वास्थ्य तथा पुनस्थापना घुम्ती शिविर आज कमलबजारमा सम्पन्न भएको छ । शिविर बाट १६ महिला र १८ पुरुष गरी ३४ जना सेवा ग्राही थप उपचारका लागी छनोट भएका अपाङ्ग उत्थान समूह अछामका कार्यक्रम संयोजक शंकर विकले जानकारी दिनु भयो । अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपा काभ्रेपलाञ्चोक र कमलबजार नगरपालिका अछामको आयोजनामा शिविर सम्पन्न भएको हो । समविकास नेपाल अछाम, जिल्ला अपाङ्ग उत्थान समुह अछाम लगायतका संस्थाहरुको सहयोग तथा समन्वयमा भएको शिविरमा १८ बर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाले स्वास्थ्य शारीरिक अपाङ्गता पहिचान तथा पुनस्थापना सम्बन्धी सेवा लिएका छन । शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपामा कार्यरत डा.पारश खकुरेल र उहाँको टिमले सेवा प्रदान गरेको थियो । शिविर बाट कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी गाउपालिका र तुर्माखाद गाउपालिकाका सेवाग्राहीले सेवा लिएका थिए । शिविर बाट छनोट भएका ३४ जना थप स्वास्थ्य उपचार तथा पुनस्थापनाका लागी अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाले काम गर्ने डा.पारश खकुरेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय