हिक्मत बहादुर नेपाली
अछाम मंसिर २४ ।
लैङ्गिक हिंशा विरुद्धको १६ दिने अभियान अन्तर्गत कमलबजार नगरपालिका स्तरीय वक्तिव्यकला प्रतियोगिता आयोजना गर्दै समापन गरिएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पुर्व राष्ट्रिय सभाका सदस्य अक्कल बहादुर बिष्ट रहनु भएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले लैंगिक तथा सम्पूर्ण किसिमका हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । मानसिक रुपमा परिवर्तन भए मात्र हिंसा अन्त गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा बिशिस्ट अतिथि पञ्चदेवल विनायक नगरपालिकाका पुर्व नगर प्रमुख देवराज देवकोटाले पहिलेको तुलनामामा अहिले हिंसाका घटनामा कमि भईरहेको बताउनुभयो । संविधान तह महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत सुनिश्चित गर्ने व्यवस्था भएको उल्लेख गर्दै थप अवस्था सुधार गर्न समाजका सबै तह जुट्नुपर्ने उहाँको भनाई थियोे । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसाको अन्त्य गराैं भन्ने शिर्षकमा भएको वक्तित्वकला प्रतियोगितामा पालिका भित्रका ६ वडाको सहभागीता रहेको थियोे । सहभागी मध्ये कमलबजार नगरपालिका वडा नं ५ का सहभागी दिपिका बजगाई प्रथम हुनु भयो । द्वितीय वडा नं ४ चाल्साका लक्ष्मी थापा हुनुभयाे । यस्तै तृतीय वडा नं ६ का शान्ति शाही हुनु भयो भने शान्त्वना वडा नं २ का लक्ष्मि खड्का हुनुभयो । विजेता प्रतियोगि लाई कार्यक्रमका प्रमुख अतिथि बिष्टले प्रमाणपत्र सहित नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियोे । कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सामुदायिक मनोपरामर्श कर्ता कल्पना देवकोटाले गर्नुभएको थियोे । कार्यक्रममा जनचेतनामूलक देउडाखेल समेत प्रस्तुत गरिएको थियोे ।
कार्यक्रम सुरु हुनु पुर्व लैंगिक हिंसा अन्त्य गरौं भन्ने सन्देश बोकेका नारा लगाउदै विभिन्न विद्यालयका विद्यार्थीको सहभागीताका बजार परिक्रमा गर्दै र्याली प्रस्तुत गरिएको थियोे । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, कर्मचारी तथा आम नागरिकको सहभागीता रहेको थियोे ।





