अछाममा प्रसव फिस्टुला कार्यक्रम लागु हुने भएको छ । साईनिङ्ग अस्पताल, आई.एन.एफ. नेपाल सुर्खेत मार्फत फिस्टुला सम्वन्धि समस्या भएका महिलाहरुलाई लक्षित गरि जिल्लाका १० वटै पालिकामा कार्यक्रम संचालन हुन लागेको हो । यसै सम्वन्धमा बिहिबार मङ्गलसैनममा जिल्ला स्तरिय समन्वय वैठकमा यो कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा अध्यक्षतामा भएको समन्वय वैठकमा जिल्लाका १० वटै पालिकाहरुमा स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वंसेविकाहरु मार्फत फिस्टुला सम्वन्धि जानकारी सहित पहिचान लगायतका कार्यक्रम गरिने, पहिचान पश्चात बिरामीको निशुल्क उपचार र यातायात तथा पुनःस्थापनाका लागि समेत पहल गरिने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै समन्वय प्रमुख कुवँरले फिस्टुला सम्वन्धि काक्र्रम निकै महत्वपूर्ण रहेकोले महिलाहरुको स्वास्थ्यका लागि राम्रो भूमिका खेल्ने बताउनुभयो । अछाम जिल्लामा यो कार्यक्रम निकै आवश्यक भएकाले यसलाई सफल पार्न सम्बद्ध सबै निकायले आ आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिलेपनि प्रसव फिस्टुलाका विरामीहरु रहेको तर पहिचान हुन नसकेकाले यसलाई जती सक्दो चाडो गाउँमा लैजान सुझाव दिनुभएको छ ।
सोहि अवसरमा अछामका सवै १० वटै पालिकाका ९१ वटै वडामा महिला स्वास्थ्य स्वंसेविकाहरु मार्फत प्रसव फिस्टुला सम्वन्धि समस्या भएका महिलाहरुको पहिचान गर्ने र निशुल्क उपचार लगायतका कार्यक्रम संचालन गरिने साईनिङ्ग अस्पताल सुर्खेतका फिस्टुला कार्यक्रम प्रमुख कान्त प्रसाद सुवेदीले जानकारी गराउनुभएको थियो । उक्त समन्वयात्मक वैठकमा अछामका प्रमुखजिल्ला अधिकारी यज्ञ बहादुर बुढा, अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, मंगलसेन नगरपालिका वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट लगायतका सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झपटराज ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय