हिक्मत बहादुर नेपाली
अछाम पौष ०१ ।
किसान बहुउदेश्यीय सहकारी संस्था लि. ३१ औ साधारण सभा आज मंगलबार कमलबजारमा सम्पन्न भएको छ । किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेड संचालक समितीका कोषाध्यक्ष मयाराम धमालाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी कमलबजार नगरपालिका वडा नं ५ का अध्यक्ष तथा कमलबजार नगरपालिकाका प्रवक्ता सत्यराज तिमिल्सैना रहनु भएको थियो । कार्यक्रको प्रमुख अतिथीको आशनबाट बोल्दै तिमिल्सैनाले किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले धेरै जनमुखी कार्यक्रम लागु गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथैं उहाँले संस्थाले कर्जा लगानीको दायरा फराकिलो बनाउन संस्थालाई सुझाव दिनु भयो ।
संस्थाको उद्धाटन सत्रमा चक्रेश्वरी माद्यामिक विद्यालयका प्रधानाध्यापक तथा समाजसेवी काँसीराम बजगाईले आफुले छोरालाई डाक्टर पढाउन सहजरुपमा कर्जा उपलब्ध गराएको कुरालाई स्मरण गदैं संस्थाले जनमुखी कार्यक्रम लागु गरेका बताउनु भयो । आम शेयर सदस्यले आफ्नो परिवारको आनीबानी सुधार गरि भविष्यका लागी बचत गर्नुपर्ने र विकासमा हातेमोलो गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका अतिथी ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख सरोज कुमार कैला समाजसेवी पुष्प अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभाको उद्धाटनसत्रमा संस्थाको समग्र बस्तुस्थिती समेटेर संस्थाको अमरगढी ईलाका कार्यालयका प्रमुख खकेन्द्र देवकोटाले जानकारी राख्नु भएको थियो ।
साधारण सभामै संस्थामा आवद्ध शेयर सदस्यका सन्तती मध्येबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने जेनिसा अधिकारी र महेन्द्र खत्री लाई किसान कोप शिक्षापदक बाट सम्मान गरिएको थियो । यस्तै एबविविएस अध्ययन पुरा गरि हाल बयलपाटा अस्पतालमा कार्यरत डा.एन्जीला कुँवरलाई सोही पदक बाट सम्मान गरिएको थियो ।
सभामा विभिन्न क्षेत्रमा उत्कृष्ट ५ जना शेयर सदस्यलाई उन्कृष्ठ शेयर सदस्य सम्मान कार्यक्रम बाट सम्मान गरिएको थियो । जसमा जेनिसा कुँवर, कल्पना उपाध्याय अधिकारी, कृष्णा कुमारी शाही, सुनिता देउवा र धनसोभा कुमारी थापा सम्मानित भएका छन ।
जन्म देखी मरोपरान्त किसान कप अन्र्तगत मृतकका आफन्तलाई कर्जा मिहाना सुविधा चेक मार्फत हस्तान्तरण गरिएको थियो । शेयर सदस्य बेलुदेवी बिष्टका श्रीमान शेर बिष्टको दुखद निधन भएकाले बिष्टलाई १ लाख कर्जा मिनाह र ८ हजार किरियाखर्च गरि १ लाख ८ हजार सुविधा दिईएको थियो । यस्तै बिमा बोगटीका श्रीमान हर्क बहादुर बिष्टको निधन भएकाले बोगटीलाई ८ हजार किरियाखर्च सुविधा हस्तान्तरण गरिएको थियो ।
संस्थाको कमलबजार शाखा कार्यालय बाट सञ्चालित विभिन्न केन्द्र मध्ये उत्कृष्ठ केन्द्र लाई सम्मान गरिएको छ । कमलबजार नगरपालिका वडा नं ८ स्थित पास्तोली किसान महिला विकास केन्द्र लाई उत्कृष्ठ केन्द घोषणा गरि सम्मानपत्र सहित १० हजार नगद प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी शेयर सदस्य लगायत संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो । संस्थामा कार्यरत हेमन्त बटालाको स्वागत मन्तव्य बाट सुूरु भएको कार्यक्रमको सञ्चालन किसान बहुउदेश्यीय सहकारी संस्था लि कमलबजार अछाम शाखाका प्रमुख तप्त बहादुर खत्रीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय