1. रमिता बि,क

अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति विवरण सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको वडा ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभयो ।
सूचना अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रम २०८२ साल पुष ६ गते बिहान ठिक १० बजे वडा नं. ५ को वडा कार्यालय परिसरमा सञ्चालन हुनेछ। कार्यक्रममा वडा नं. ५ भित्रका सम्पूर्ण आम नागरिक, बुद्धिजीवी, शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, संघ–संस्था, सहकारी, आमा समूह, बालबालिका लगायत सम्पूर्ण वडा बासीलाई अनिवार्य रूपमा उपस्थित हुन वडा कार्यालयले हार्दिक अनुरोध गरेको छ।वडामा सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह तथा योजनाका विषयमा प्रत्यक्ष जिज्ञासा राख्न र सुझाव दिन सार्वजनिक सुनुवाइ प्रभावकारी माध्यम हुने वडा कार्यालयको विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय