टेकराज भण्डारी, पाैष १०, अछाम
एशियन लाईफ ईन्स्याेरन्स कम्पनी लिमिटेडकाे सुदूरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउँदले आजकाे बीमा भविष्यकाे साहरा हुने बताउनुभएको छ ।
अछामकाे साँफेबगरमा आयाेजित प्रदेश स्तरीय अभिकर्ता सम्मान तथा माेटिभेसनल कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै प्रदेश प्रमुख साउँदले बचत र जाेखिम बहनका लागि बीमा अनिवार्य रहेको बताउनु भयाे । हरेक व्यक्तिले बीमा गर्नु बचत र जाेखिम बहनका लागि आवश्यक भएको उहाँको भनाइ छ ।
साे अवसरमा कम्पनीका विभिन्न याेजना, अवस्था, कम्पनीले बीमा गर्नेलाई उपलब्ध गराउने सेवा सुविधा लगायतको बारेमा जानकारी गराईएकाे थियाे ।
कार्यक्रममा गत बर्ष एजेन्सी म्यानेजर बन्न सफल हुनुभएको विभिन्न एजेन्सी म्यानेजर तथा अभिकर्तालाई सम्मान गरिएको थियाे । विभिन्न स्किम समेत प्रदान गरिएको थियाे ।
एशियन लाईफ साँफेबगरका शाखा प्रवन्धक पूर्ण बिष्टकाे अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन शाखा प्रमुख विकास पण्डितले स्वागत मन्तब्य राख्नुभएको थियाे ।
एशियन लाईफ साँफेबगरका अपरेसन म्यानेजर ईन्द्र धामीले संचालन गर्नुभएको कार्यक्रममा मंगलसेन शाखाका अपरेसन ईन्चार्ज गाेपाल केसी, अछामका विभिन्न ठाउँका करिब ३० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताको सहभागीता रहेको थियाे ।




