बर्दियाको राजापुर नगरपालिका वडा नं २ जोतपुरमा रहेको युनिक नेपालको ३० औं साधारण सभा सम्पन्न भएको छ ।

युनिक नेपालका केन्द्रिय अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री डा. गोपाल दहित रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै पुर्व मन्त्री दहितले युनिक नेपालले हरेक वर्ष वार्षिक उत्सव मनाउदै आएकोमा खुसी ब्यक्त गरे उनले यहाँ सम्म ल्याउन साथ सहयोग गर्ने सरोकारवाला निकायमा धन्यवाद समेत ब्यक्त गरे उनले युनिक नेपालले शिक्षा,स्वास्थ्य, बालबालिका संरक्षण, महिला हिंसा, महिला शसक्तिरकरण,जनचेतना, मानव अधिकार, सिमान्तकृत समुदायकाे हक अधिकार , खाध्य अधिकार लगायतमा सदैव अघि बढी कार्य गर्दै आएकाेमा खुसी ब्यक्त गरे

उनले संस्थाको ३० औं बार्षिक उत्सवको पुर्ण सफलताको कामना समेत गरे । उनले लोप हुदै गएको बैदार तथा जडिबुटीलाई संरक्षण गदै युनिकले बैदार तथा जडिबुटी संरक्षणमा एकिकृत गदै संगठित गर्ने कार्यमा युनिकले महत्वपुर्ण भुमिका खेलेकोमा खुसी ब्यक्त गरे ।

सामाजिक अभियन्ता समेत रहेका दहितले युनिक नेपालले किशोरी साक्षरता कार्यक्रम मार्फत हरेक घर परिवारका आफना बाबु नानीलाई शिक्षा दिनु पर्छ भन्ने मानसिकता संगै चेतना परिवर्तन गरेको बताए । कार्यक्रममा युनिक नेपालकी सचिव निर्मला चौधरीले आर्थिक वर्ष ०८१।०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । उक्त कार्यक्रमा राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेल , वडा नं ५ का वडा अध्यक्ष रमेश दहित त्यसै गरि वडा नं ८ का वडा अध्यक्ष राजेश थारु, बाला बजार ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण थारु, समाजसेवी दयाराम थारु, बडघर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय